Wednesday, December 22, 2021

राष्ट्रको बिकासका लागि पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका बैज्ञानिक प्रयास र प्रविधिहरुको कार्यान्वयनमा जोड दिनुपर्ने- कृषि मन्त्री यादवको भनाइ

 

एसपी यादव---

काठमाडौ, पुष ७ 

  त्रीपुरेश्वर स्थित रहेको नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका बैज्ञानिक प्रयास र प्रविधिहरुको कार्यान्वयन पक्षमा समर्पित भई राष्ट्रको विकासका लागि द्रुत गतिले अगाडी बढ्नुपर्नेमा उनले जोड दिए ।


पशु स्वास्थ्य सेवामा समर्पित सम्पुर्ण पाराभेटेरिनरियन प्राविधिकहरु सचेत र सबल हुन समेत आवश्यक भएको बताउदै मन्त्री यादवले भने, पशु सेवासंग सम्बन्धित प्राविधिक ज्ञान, शिप र अनुसन्धानको बिस्तारका लागि साधन श्रोतको उपलब्धता र परिचालनमा मन्त्रालयले आवश्यक पहल गर्ने उनले जानकारी गराए । 


मन्त्री यादवले भने, पशु स्वास्थ्य तथा पशु विकासको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छीका रोग निदान प्रविधिलाई समय सापेक्ष परिस्कृत गरि अझ प्रभावकारी बनाउने समेत उनले जनाए । महत्त्वपूर्ण पशुपन्छीका सबै रोगहरुको प्रयोगशाला निदान तथा इपिडेमियोलोजिकल अन्वेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरु संग समन्वय गरि रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रक्रियामा एकरुपता ल्याउने मन्त्री यादवले बताए । अन्तरास्ट्रिय प्रयोगशाला तथा संघ संस्थाहरु संग सहकार्य गरि राष्ट्रिय रोग निदान पद्धतिलाई सुदृढ बनाउनुका साथै जनस्वास्थ्य तथा राष्ट्रिय दृष्टिकोणबाट संबेदनसिल देखिएका जैविक तत्वहरुको संरक्षण, संचय तथा समुचित उपयोग गर्ने व्यवस्था मिलाउन समेत आवश्यक पहल थाल्ने मन्त्री यादवले स्पष्ट पारे । 


यस महाधिवेशनले देशभरका पाराभेटेरिनरियनहरुको पेशागत हकहित संरक्षण एवं पेशामा संलग्न प्राविधिकहरुको आपसि एकता र सुमधुर सम्बन्ध विस्तारमा सहयोग पुग्ने मन्त्री यादवले बताए ।


"दिगो विकास एवं समृद्ध नेपाल निर्माणमा पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको अपरिहार्यता" भन्ने मुल नारा रहेको सो महाधिवेशनको उद्घाटन संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले गरेका थिए ।


त्रीपुरेश्वर स्थित रहेको नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशन बुधबार वर्ल्ड ट्रेड सेन्टर त्रीपुरेश्वरको सभाहलमा सुरु भएको हो ।


पशु स्वास्थ्य तथा पशु विकासको क्षेत्रमा २०४७ सालदेखि कृयाशिल प्राविधिकहरुको साझा संस्था नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनको १० औं केन्द्रिय महाधिवेशन  पुष ७ देखि ९ गतेसम्म चल्नेछ ।


नेपालको पशु विकास तथा स्वास्थ्यको क्षेत्रमा संलग्न करिब ३० हजार प्राविधिक जनशक्तिहरुलाई संगठित र परिचालित गर्दै आएको यस एसोसिएसनको केन्द्रिय महाधिवेशनमा ७७ वटै जिल्लाबाट करिब १ हजार प्रतिनिधिहरु सहभागि हुनेछन् ।


संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव द्वय डा. गोविन्द प्रसाद शर्मा र निरु दाहाल पाण्डे रहेकी थिइन् । त्यस्तै अतिथिका रुपमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दँगाल, नेपाल भेटेरिनरि काउन्सिलका कार्यवाहक अध्यक्ष डा. स्वयम प्रकाश श्रेष्ठ लगायत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजि सचिव डा. दिनेश कुमार यादव रहेका थिए ।


कार्यक्रमको अध्यक्षता नेपाल पारा भेटेरिनरि एण्ड लाइभस्टक एसोसिएसनका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहताले गरेका थिए ।

No comments:

Post a Comment