Wednesday, December 8, 2021

महाधिवेशन प्रतिनिधिमा संघीय सांसद अमरेश सिंहको हार ,प्रदेश मन्त्रीले हराए संघीय सांसदलाई

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २२ 

   नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनका लागि भइरहेको निर्वाचनमा सर्लाहीको क्षेत्र न- ४ मा प्रदेश मन्त्रीले संघीय सांसदलाई हराएको छ ।  लामो समयदेखि नेपाली कांग्रेसको अधिवेशन हुन नसकेको सर्लाहीमा चर्चित नेता अमरेश कुमार सिंहलाई प्रदेश न-२ का महिला बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंहले अधिवेशन प्रतिनिधिमा पराजित गरेका  छन् । 

   क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबलिका मन्त्री सिंहले ५१६ मत पाएका छन् भने अमरेश कुमार सिंहले २४८ मत मात्र  पाएका  छन् । केन्द्रमा प्रभाव राख्नसक्ने भनिएका अमरेशले महाधिवेशन प्रतिनिधि उम्मेदवारहरुमा सबैभन्दा कम मत पाएका छन् । 

त्यसैगरी क्षेत्रीय सभापतिमा पनि सिंह प्यानलका हरेन्द्र सहनी पराजित भएका छन् । प्रदेश मन्त्री वीरेन्द्र सिंह प्यानलका रामआश्रय साह सभापतिमा विजयी भएका छन् । 

   आफ्नो हार पहिलेदेखि नै निश्चित भएपछि अमरेशले जिल्ला र केन्द्रमा विभिन्न बखेडा झिकेका थिए । तर अन्तत उनी त्यसमा असफल भएका छन । उनले क्रियाशीलता सदस्यतामा आफ्ना मान्छे पार्न जिल्लादेखि केन्द्रीय पार्टी कार्यालयमा धर्ना, अधिवेशन हुन नदिन निर्वाचन अधिकृत लखेट्ने जस्ता काम गर्दै आएका थिए । तर यी सबै प्रपञ्चले पनि उनी असफल रहे । 


No comments:

Post a Comment