Sunday, December 12, 2021

महिला हिंसा न्युनिकरणका लागी महिलालाई आर्थिक रुपले सबल बनाउनुपर्ने सरोकारवालाहरुको भनाई

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,मंसिर २६

     सर्लाहीको लालबन्दीमा भएको एक अन्तरक्रिया  कार्यक्रमका बक्ताहरुले महिला हिंसा न्युनिकरणका लागी महिलालाई आर्थिक रुपले सबल बनाउनुपर्ने धारणा राखेका छन । लालबन्दी नगरपालिका वडा न-६ स्थित ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जले  आयोजना गरेको महिला हिंसा बिरुद्ध सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया  कार्यक्रमका बक्ताहरुले महिला  हिंसा अन्त्यका लागि महिलाहरु आर्थिक  रुपमा सबली हुनुपर्नेमा  जोड दिएका हुन । 

    लालबन्दी मिडिया प्रा.लिका अध्यक्ष एवं लालबन्दी नगरपालिका वडा न- ६ का वडाध्यक्ष समेत रहेका उज्वल कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बेची लुंगेली, लालबन्दी नगरपालीकाकी उप–प्रमुख शान्ति लामा, मेची महाकाली बुहारी संयुक्त आवाजकी संर्लाही संयोजक रमा काफ्ले, सर्लाही साहित्य समाजकी मिना देवकोटा, लालबन्दी जेसिज बर्ष २०२१ का अध्यक्ष श्याम खड्का, हरिवन नगरपालिकाको कार्यपालिका सदस्य एवं मेची महाकाली बुहारी संयुक्त आवाजकी हरिवन नगर संयोजक गीता राउत, बागमती संयोजक सर्मिला बानियाँ, मानवअधिकारका लागि महिला तथा एकल महिला संघकी अध्यक्ष झम्का धिताल, बाल संरक्षण संस्थाकी जमुना आचार्य, संयुक्त महिला संजालकी सानु पाख्रिन, लालबन्दी नगरपालिका वडा न- ५ का वडाध्यक्ष मोहन भण्डारी, कानुन बिज्ञ भरत कुमार घिमिरे, गाउँ सुधार विकास  संस्थाकी गीता बिश्वकर्मा लगाएको आतिथ्यता रहेको  थियो ।

   लैंगीक बिभेद बिरुद्धको १६ दिने अभियान सक्किएको भोलीपल्ट ढुकढुकी एफ.एम.ले आयोजना गरेको उक्त  कार्यक्रम मार्फत १६ दिन मात्रै नभएर ३६५ दिन नै सबैखाले हिंसा न्युनिकरणका लागी ढुकढुकी एफ.एम.प्रतिबद्ध रहेको दर्शाउनका लागि अन्तरक्रिया  कार्यक्रमको आयोजना गरिएको ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जका प्रबन्ध निर्देशक क्षितिज बिश्वकर्माले जानकारी दिनुभयो । उनले नै संचालन गरेको कार्यक्रमलाई ढुकढुकी एफ.एम.९५.२ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

No comments:

Post a Comment