Monday, December 20, 2021

मलंगवामा इन्सेकको वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस ५

   नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उलंघन  तथा ज्यादतीका घटनामाथि सरोकारवाला बिच समीक्षा कार्यक्रम सर्लाहीको  सदरमुकाम मलंगवामा  सम्पन्न भएको छ ।

   उक्त कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीको आयोजना, इन्सेक सर्लाहीका प्रतिनिधि बुधन साहको अध्यक्षता तथा नगर प्रमुख निरसल साहको प्रमुख आतिथ्यतामा मलंगवा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्पन्न भएको हो ।

  समीक्षामा इन्सेक प्रतिनिधि साहले हाल सम्म अभिलेखिकरण गरिएका बलात्कार ,बलात्कारको प्रयास ,घरेलु हिंसा ,कुटपिट ,बहुविवाह लगायतका  घटनाहरु प्रस्तुत गर्नु भएको थियो ।


No comments:

Post a Comment