Sunday, December 26, 2021

सर्लाहीको दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

 




लोकतन्त्र समाचारदाता ---

सर्लाही,पुस ११

    शनिवार सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेत जिल्ला घरभई हाल लालबन्दीमा नगरपालिकामा  बसेर सेक्यूरिटी गार्डको काम गर्दै आएका अन्दाजी ५६ वर्षका भिम गुरुङ र हरिपुर नगरपालिका वडा न-६ ,लक्ष्मीपुरकी ५५ वर्षीया सैफुल खातुन रहेका छन् ।

   पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बाँके जंगलमा शनिबार राती करिब १० बजेतिर घारिबथान तर्फ  जाने बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्बर नखुलेको  गाडीले ठक्कर दिंदा मोटरसाइकल पछाडि बसेका  लालबन्दीमा बसी सेक्यूरिटी गार्डको काम गर्दै आएका गुरुङको ज्यान गएको जिल्ला  प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका वडा न–३ बस्ने ४२ वर्षीय जितन चौधरी घाईते छन् । चौधरीको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

   त्यस्तै सोही साँझ  नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत  हरिपुर नगरपालिका वडा न–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट बाटो काट्दै गरेकी ५५ वर्षीया खातुनको ज्यान गएको छ।उनको  उपचारको क्रममा शनिवार राती प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment