Monday, December 27, 2021

खुटौनाका जनताले ‘वर्थिङ सेन्टर’को सुविधा पाउने भए

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १२

   मातृ र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर सर्लाही  जिल्लाको मलंगवा नगरपालिका वडा न-६ खुटौनामा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको छ। ।  सोमबार संघीय सांसद प्रमोद साह, नगरपालिकाका मेयर निरसल साह र उपमेयर शान्ती मिकरानीले एक कार्यक्रमका बिच उद्घाटन गरेपछि सो वडामा ‘वर्थिङ सेन्टर’ सञ्चालनमा आएको हो ।

 

  मातृशिसु स्वास्थ्य प्रति नगरपालिका  गम्भीर रहेकोले  कम जोखिम र पूर्ण स्वस्थताका साथ सुत्केरी गराउन साथै सुत्केरी सम्बन्धि सबै सेवा सुविधा उपलब्ध गराउने उदेश्यले वर्थिङ सेन्टरको स्थापना गरेको वडा न-६ का वडाध्यक्ष तैयव मिकरानीले बताउनुभयो। सो ‘वर्थिङ सेन्टर’ मा वडा न-६ का मात्र नभइ आसपासका छिमेकी गाउँका महिलाहरुलाई समेत सेवा दिने वडा अध्यक्ष मिकरानीले  बताए ।


   उद्घाटन  कार्यक्रममा सोही बडाका स्थानीयबासी समेत रहनु भएका संघीय सांसद  साह,प्रदेश न-२ सांसद निरा कुमारी साह, नगरप्रमुख निरसल साह, उपप्रमुख शान्ती मिकरानी,मनपा का कार्यक्रम अधिकृत राजकुमार अधिकारी, साविक भाँडसर गाविस वडा न-४ का पुर्व वडाध्यक्ष नुरुल हक लगायत स्थानिय वडाबासीहरु सहभागी थिए ।  

No comments:

Post a Comment