Tuesday, December 14, 2021

स्कुलले विद्यार्थी बने टुहुरा बालबालिकाको सहारा

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर २८

     सर्लाहीको विष्णु गाउँपालिका स्थित विभिन्न विद्यालयमा अध्यनरत १८ जना  अति विपन्न टुहुरा बालबालिकाहरुलाई बाल कल्याण समाज सर्लाहीले शैक्षिक सामग्री बितरण गरेको छ।

         आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता, बिष्णु गापा वडा न-६ सिमरा निवासी युवा समाजसेवी सतिश पाण्डेको प्रमुख आतिथ्यता तथा  वडाध्यक्ष राम सिंहासन राय र पब्लिक प्रावि का प्रअ योगेन्द्र रायको विशिष्ट आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच जनता मावि नबलपुर,अर्किड मावि नयाँरोड, चतुरभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरी,कल्पबृअक्ष मावि बरहथवा र दिव्य ज्योति मावि बरहथवाका इच्छुक विद्यार्थीहरुले स्वेच्छा अनुसार एक दिनको खाजा वापतको खर्चाबाट बचाएको केही रकम र सामाजसेवी सतिश पाण्डेले प्रदान गरेको विशेष  आर्थिक सहयोगमा अति विपन्न टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

    शिक्षकहरु उमेश यादव र संजिव महतो लगायत स्थानीय बुद्धिजीवी , समाजसेवी ,शिक्षा प्रेमी तथा  अभिभावकहरुको उपस्थितिमा प्रति विद्यार्थी  १० थान अभ्यास पुस्तिका, १० थान डट पेन, एक थान औजार बक्स, एक थान कलर सेट र एक थान पिक्चर डिक्सनरी वितरण गरिएको संस्थाका अध्यक्ष रायले जनाएको छ।

     कार्यक्रमका बक्ताहरुले दाता र आयोजक संस्थालाइ धन्यवाद दिदैं संस्थाको उतरोत्तर प्रगतिको कामना गरेका थिए ।

No comments:

Post a Comment