Monday, December 20, 2021

रौतहटको पेटभर्वामा चिसोले कठ्याङ्ग्रिएर एक बलिकाको मृत्यु

 

दिपेश कुमार साह....

रौतहट,पुस ५

   रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा न- ६ पेटभर्वामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको ज्यान  गएको छ । पेटभर्वाका दमोदर बैठाकी दुई बर्षीया छोरी रमिता बैठाको आईतवार सांझ चिसोले कट्याङ्ग्रिएर  मृत्यु  भएको  हो ।

     वडामा स्वास्थ्य चौकी नभएकोले बालिकाको आमाले छोरीलाई काँख लिएर लैजाने क्रममा   तिन किलोमिटर टाढा सन्तपुर  स्वास्थ्य  चौकीमा खोप लगाउने क्रममा मृत्यु  भएको थियो।  बालिकाको घरमा पुग्दा पुग्दै मृत्यु भएको थियो । सो क्रममा पुग्दा रमिता बैठाका बाबू दमोदर बैठाले बताएका छन । 

    फतुवा बिजयपुर नगरपालिका वडा न-६ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकी नभएका कारण गाउँका सुत्केरी महिलाहरु  आआफ्नो बच्चालाई काँखमा बोकेर  करिब तिन किलोमिटर टाढा  सन्तपुर स्वास्थ्य चौकीमा  जान बाध्यता रहँदै आएको छ।गर्मिको महिनामा  सुत्केरी महिलाहरु एक हाथमा आफ्नो बच्चा र एक हाथमा छाता ओढेर स्वास्थ्य चौकी सम्म जानुपर्ने बाध्यता रहेको छ। फतुया बिजय नगरपालिकाको नगर प्रमुखको लापरवाहीले गर्दानै बालिकाको ज्यान गएको आरोप लगाएका छन् । गर्मी र जाडोमा कैयौंपटक यस्ता घटनाहरु दोहरिंदा पनि   नगर प्रमुख विजय यादव र वडा अध्यक्ष हिरालाल यादवले गाउँमा  स्वास्थ्य  चौकीको स्थापना गर्न  कुनै चासो नदिएको गाउँलेहरुले गुनासो गर्दै आएका छन ।

   पेटभर्वा र रामदाशी गाउँमा स्वास्थ चौकी र बर्थिङ सेन्टर नहुंदा गाउँलेहरु बर्षौदेखी सास्ती खेप्दै आएका छन । केही दिन अघि मात्र बृन्दाबन नगरपालिकामा पनि मतदाता परिचयपत्र बनाउन आएका एकजना महिलाले आफ्ना २ बर्षीया छोरीलाई काँखमा लिएर अबेरसम्म बसिरहँदा चिसोले लठ्याङ्ग्रिएर  बालिकाको ज्यान गएको थियो ।

No comments:

Post a Comment