Sunday, January 23, 2022

लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ९

    सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बागमती नगरपालिका वडा न-१२ का ३८ वर्षीय रुद्र बहादुर अधिकारी र निजकै श्रीमती अन्दाजी वर्ष ३० की रिचा अधिकारी  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।

  दुवैजनालाई शनिवार राती करिब १० बजेको समयमा हरिवन नगरपालिका वडा न-८ पुरानो बजार स्थित भित्री सडक खण्डमा खटिएको प्रहरीको गस्ति टोलीले पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ४९७२ नम्बरको  मोटरसाइकललाई शंका लागि चेकजाचँ गर्दा उनीहरूको साथमा रहेको कालो झोलामा लुकाएर राखेको ५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

     अधिकारी दम्पतीलाई बरामद गरिएको ५ किलो लागुऔषध गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।



No comments:

Post a Comment