Thursday, January 13, 2022

मलंगवामा संचालित उपमेयर कप २०७८ दोस्रो दिनको खेल दुई टिम बिच खेलाइयो,लक्ष्मीपुर र चक्रघट्टा विजयी

 


 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २८

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा हिजो बुधबारदेखि जारी  पहिलो  संस्करणको उपमेयर कप २०७८ क्रिकेट प्रतियोगिताको दोस्रो दिन(बिहिवार) दुइवटा खेल खेलाइएको छ। 

   पहिलो खेल कविलासी नगरपालिकाको अगर्वा र हरिपुर नगरपालिकाको लक्ष्मीपुर टिम बिच खेलाइएको थियो ।उक्त खेलमा अगर्वा(कबिलासी नप)टिमलाई ३ विकेटले हराउँदै लक्ष्मीपुर टिम विजयी भएको छ ।

   त्यसैगरी दोस्रो खेल जय माता दी र चक्रघट्टा टिम बिच खेलाइएको थियो ।उक्त खेलमा चक्रघट्टा टिमलाई ३२ रनले हराउँदै जय माता दी टिम विजयी भएको आयोजकले जनाएको छ।

   मलंगवा नपा वडा न-२ स्थित कवर्ड हलमा जारी उक्त प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता एवं  मलंगवा नगरपालिकाका उप–मेयर शान्ती मिकरानीका एकमात्र छोरा समिर मिकरानीले गर्नुभएको थियो ।

    प्रतियोगिताको सबै खेल कवर्ड हल(जि.खे.विकासको खेल मैदान)मा खेलाइने आयोजक मलंगवा स्ट्राइकर क्रिकेट क्लबले जानकारी दिएको छ।सर्लाहीको नगरपालिका र गाउँपालिका अन्तर्गतका क्रिकेट टिमहरु बिच खेलाइने यस प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार रुपैया र उपविजेता टिमलाई १० हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।



No comments:

Post a Comment