Saturday, January 8, 2022

जुनियर जेसिज मलंगवा २०२२ को अध्यक्षमा आयुष सिंह

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २४

   जुनियर जेसिज मलंगवा वर्ष २०२२ को लागिअध्यक्षमा जुनियर जेसी आयुष सिंह चयन भएका छन् ।शुक्रवार सर्लाहीको मलंगवा स्थित बालमन्दिरको सभाहलमा सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष सिंहसहित अन्य पदाधिकारीहरु पनि सर्वसम्मतले चयन भएका छन् ।

   उक्त निर्वाचनबाट  कार्यकारी उपाध्यक्षको पदमा जु.जेसी गौतम चौधरी र जु.जेसी धिरज साह त्यस्तै उपाध्यक्ष पदमा क्रमशः जु.जेसी मो फैजान मिकरानी,जु.जेसी आशिष कुशवाहा,जु.जेसी मो कासिफ मिकरानी र जु.जेसी आसिफ मिकरानी सर्वसम्मतले चयन भएको निर्वाचन अधिकृत समेत रहनु भएका जुनियर जेसिज मलंगवाका संस्थापक अध्यक्ष एवं मलंगवा जेसिजका भुपु अध्यक्ष जेसी सुवोधराजोपाध्यायले जनाएको छ ।

   यसैगरी सोही निर्वाचनबाट  महासचिव ,कोषाध्यक्ष लगायतका पदहरुमा पनि पदाधिकारीहरुलाई मनोनित गरिएको छ ।महासचिवमा  मो असलम,सह-महासचिवमा आजिम अली मंसुरी, कोषाध्यक्षमा शिवम श्रीवास्तव,सह-कोषाध्यक्षमा दिपेश मण्डल ,पि.आर.ओ मा सौकत रजा,स्पोर्ट डाइरेक्टरमा अभय साह,इन्टरनेशनल डाइरेक्टरमा मो समी मिकरानी र जि.टि.स को पदमा राम लखन महतोलाई मनोनित गरिएको निर्वाचन अधिकृत राजोपाध्यायले जानकारी दिएको छ।

    मलंगवा नपा वडा न-८ स्थित बालमन्दिरमा सम्पन्न भएको निर्वाचनमा मलंगवा जेसिज र जुनियर जेसिजका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment