Sunday, January 23, 2022

मलंगवामा अनेरास्ववियु द्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९ 

     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नगर कमिटी मलंगवाले  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

    पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि,कोरोना खोपमा भएको अनियमितता र गौर हत्याकाण्ड दोहोर्‍याउने अभिव्यक्ति दिएर विवादमा रहेकी मन्त्री रेणु यादवको पद खारेज गर्नुपर्ने मागहरु सहित  विरोधमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियु नगर कमिटी मलंगवाका कार्यकर्ताले आइतबार साँझ मलंगवा स्थित नगरपालिका चौकमा प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । 

     अनेरास्ववियुका केन्द्रीय सदस्य  शमिमबाबु खानको नेतृत्वमा  साँझ ६ बजे बालमन्दिर चौकबाट जुलुससहित निस्किएका अनेरास्ववियुका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थको  मूल्यवृद्धि फिर्ता गर,परमादेश सरकार मुर्दाबाद,जनताले सिटामोल कहिले पाउने, प्रधानमन्त्री देउवा राजीनामा दे' लगायतका नाराबाजी गरेका थिए ।

   पेट्रोलियम पदार्थको  मूल्य वृद्धि फिर्ता लिन लगायतका माग गर्दै केपी शर्मा ओली निकट एमालेका कार्यकर्ताहरु देशभर विरोध प्रदर्शनमा उत्रिएका छन।




No comments:

Post a Comment