Friday, January 21, 2022

चिसोका कारण सर्लाहीको जनजीवन प्रभावित, आगो ताप्ने व्यवस्था नगरि जनप्रतिनिधिहरु निदाएपछि जनताहरु आक्रोशित

 





मनोज यादव---

सर्लाही,माघ ७

 केही दिन यता बढेको चिसोका कारण सर्लाहीको जनजीवन अत्यन्तै प्रभावित भएको छ । चिसोकै कारण मानिसहरुलाई घर बाहिर निस्कन गार्‍हो भएको छ ।अत्यधिक चिसोका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, सानातिना घुमन्ते व्यापारी लगायतकाहरु  मारमा परेका छन् ।

  विगतमा चिसो र शितलहरलाई मध्यनजर गर्दै स्थानीय सरकारहरुले ठाउँठाउँमा आगो ताप्ने व्यवस्था गरेको भएपनि यो वर्ष भने त्यस्तो केही गरेको देखिँदैन । चौक चौकमा आगो ताप्ने व्यवस्था नहुँदा  सर्वसाधारणहरुले  हात, खुट्टा तथा जिउ सेकाउन समेत पाएका छैनन् ।

  यस वर्षको शितलहरमा मानिसको बढी चहलपल बढी हुने स्थानहरुमा आगो ताप्ने व्यवस्था गर्न यहाँ  स्थानीय जनप्रतिनिधिहरहले इन्कार गरेका छन्। स्थानीय सुनिल कुमार साहले भन्नुभयोे, ‘केही दिन यता अत्यधिक जाडो बढेको छ । मानिसहरुलाई अत्यावश्यक कामले बाहिर निस्कन समेत समस्या छ ।घर बाहिर निस्किएकाहरुले पनि चौक चौराहामा बालेकेको आगोमा हात सेकाउन  पाएका छैनन् ।’

  नागरीकलाई जाडोबाट बचाउनु नगरपालिका प्रमुख ,गाउँपालिका प्रमुख ,वडाप्रमुख लगायतका स्थानीय सरकारको दायित्व भएको भएपनि उहाँहरु आफ्ना जनताहरुको दयनिय अवस्था हेरेर पनि नहेरेको जस्तै गरिरहनु भएको छ,नागरिकहरुले गुनासो गरे। यतिबेला हुनेखानेलाई त ठिकै छ तर हुँदाखानेलाई  गाह्रो भएको छ ।

   विगतमा  चिसो र शितलहरबाट नागरीकलाई बचाउन भन्दै ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाईन्थ्यो तर  यसपालि भने जनप्रतिनिधिहरु किन हो किन ? निदाएका छन् । जनताको नजिकको सरकार भनेकै स्थानीय जनप्रतिनिधि हुन् । अब जनता कसको भर पर्ने ?


No comments:

Post a Comment