Wednesday, January 5, 2022

अन्तराष्ट्रिय वडी बिल्डिंग प्रतियोगितामा तृतीय स्थान हासिल गरेका सर्लाहीबासी नेपाली टाइगर सुरेन्द्र महतोलाई सम्मानको ओइरो

 




मनोज यादव---

सर्लाही ,पुस २१ 

     हालै नेपाल र भारतसहित ११ देशका सहभागि खेलाडीहरु बीच भएको अन्तराष्ट्रिय बडी बिल्डिंग  प्रतियोगितामा तृतीय स्थान हासिल  गरी विश्वसामु नेपाललाई चिनाउन सफल भएका नेपाली टाईगर उपनामले चिनिने सर्लाहीको लालबन्दी निवासी  बिल्डर खेलाडी सुरेन्द्र महतोलाई सम्मान गर्नेहरुको ओइरो लागेको छ ।

   यसै क्रममा महतोकै गृह नगर  लालबन्दी नगरपालिका वडा न- ५ को वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी उनलाई नगद पाँच हजार रुपैयाँसहित कदर पत्रबाट  सम्मानित गरिएको छ। 

  ११ देशका सहभागि खेलाडीहरुको बीचमा भएको प्रतियोगितामा देशको मान र इज्जत राख्दै तृतीय स्थान हासिल गरेेर  नेपाल र नेपालीलाई  विश्वसामु चिनाउन सफल भएको र उनले गरेको परिश्रमको कदर तथा उच्च प्रसंशा गर्दै आफ्नो वडा र वडाबासीहरुको तर्फबाट नेपाली टाइगर महतोलाई सम्मान गरेको वडा न-५ का वडाध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो । खेलाडीहरुको हौसला बढाउन सके देशकै नाम, शान र प्रतिष्ठा बढ्छ’  वडा अध्यक्ष भण्डारीले भन्नुभयो ।महतो आफ्नै वडाको बासिन्दा रहेको र उनले बडी विल्डर्सको एसिया र विश्व कपमा तृतीय भएर वडा, नगर, जिल्ला, प्रदेश र देशकै नाम राख्नु भएकोले उनको उच्च प्रशंसा गर्दै  सम्मान गरेको वडाध्यक्ष भण्डारीले भन्नुभयो । 

    कदर पत्र ग्रहण गर्दै  महतोले  वडा कार्यालय र वडाबासीहरुले आफूलाई सम्मान गरेकोमा निकै खुशि लागेको बताए । यस किसिमका  सम्मानले खेलाडीहरुको मनोबल बढ्ने र सम्मान पाइसकेपछि झन  जिम्मेवारी थपिने उनले बताए ।  

   नेपाली टाइगर बडी विल्डर्स महतोले भारतको दिल्लीमा भएको एसियन बडी बिल्डिंग एण्ड फिटनेश च्याम्पियनशिप २०२१ र वर्ड डाइमण्ड कप बडी बिल्डिंग एण्ड फिटनेश च्याम्पियनशिप २०२१ मा नेपालको तर्फबाट सहभागि दुबै प्रतियोगितामा तृतीय स्थान हासिल गर्नुभएको थियो । 

केही दिन अघि मात्रै लालबन्दी नगरपालिका- ५ मेजगरगंजस्थित आफ्नो घर आइपुगेका महतोलाई परिवार, आफन्त तथा स्थानीयले भव्य स्वागत तथा सम्मान गरेका थिए । उनलाई  सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रमोद साहले पनि घरमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।

No comments:

Post a Comment