Friday, January 14, 2022

मलंगवाका उपमेयर शान्ती मिकरानीद्वारा सुविधाको १० औ वार्षिक साधारणसभाको उद्घाटन

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस ३०

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका स्थित सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ वार्षिक साधारणसभाको समुद्घाटन शुक्रवार मलंगवामा सम्पन्न गरेको छ ।

    सस्था अध्यक्ष हरिशंकर प्रसाद साहको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि एवं मलंगवा नगरपालिकाका उपमेयर शान्ती मिकरानीले गर्नुभएको छ। संस्थाको साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष साहले आर्थिक  प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।सस्थाको आयतर्फ ८  करोड ४३ लाख ४५ हजार  रुपैयाँ रहेको छ ।लगानी तर्फ ४० करोड रुपैया रहेको संस्थाले व्याज ६ करोड ५० लाख संकलन गरेको छ।

   लगानी , बचतको साथै रेमिटेन्स सेवा पनि प्रदान गर्दै आएको यस संस्था अहिले नाफा तर्फ गईरहेको र यस आर्थिक बर्षमा सावाँ ३२ करोड रुपैया आम्दानी गरेको अध्यक्ष साहले बताए।

    सुवोधहरि राजोपाध्यायले संचालन गरेको  कार्यक्रमका कृषि विकास बैंकका पुर्व प्रबन्धक रामचन्द्र साह,सुविधा बचतका प्रबन्धक दिपकलाल अमात्य ,समाजसेवी कामिल मिकरानी,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष एवं संचालक समिति सदस्य विरेन्द्र साह,संचालक समितिका पदाधिकारी ,कर्मचारी , सेयरधनी,फिल्ड कार्यकर्ता ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

   संस्थाले १० औं वार्षिक साधारणसभाको मौका पारेर आफ्ना उत्कृष्ट फिल्ड कार्यकर्ताहरुलाई सम्मान समेत गरेको छ।

   कार्यक्रममा उपस्थित अतिथिहरुलाई संचालक समितिका सदस्य साहले छोटो मन्तव्य मार्फत स्वागत गरेका थिए।

No comments:

Post a Comment