Thursday, January 13, 2022

माघे संक्रान्तिको मुखमा सख्खरको व्यापार बढ्यो,सख्खर बनाएर मनग्य कमाउँदै किसान

 




मनोज यादव---

सर्लाही ,पुस २९

    सर्लाहीका किसानहरू अहिले उखु पेलेर सख्खर बनाउन ब्यस्त छन् । सख्खरको माग वर्षभरि नै हुने गरेको भएपनि माघे संक्रान्ति पर्वको बेला यसको माग बढी हुने गरेकाले उखु उत्पादक कृषकलाई सख्खर बनाएर बेच्न भ्याई नभ्याई छ ।

   माघे संक्रान्ति जतिजति  नजिकिँदै जान्छ सख्खरको माग पनि उत्तिकै बढ्दै जान्छ एक किसानले भने।उनी स्थानीय जातका उखुबाट घरेलु प्रविधिमा बनाइने सख्खरको माग बढी हुने गरेको बताउँछन्।

    तराईबासीहरुको विशेष पर्वको रुपमा रहेको ‘तिला संक्रान्ति' पर्वमा घरघरमा सख्खर अर्थात मिठ्ठाको आवश्यकता पर्छ । तिला संक्रान्ति मा खानको लागि बनाइने चिउरा ,मुढी (भुजा) , तिलका लाई(लड्डु) र चाकु लगायत विभिन्न सामग्रीहरू सख्खरबाटै बनाइने भएका कारण पनि माग बढेको एक व्यापारीले बताए।

   अहिले सख्खर भारतीय बजारमा प्रति किलो ४० देखि ५० रुपैया भारु र नेपाली बजारमा प्रति किलो ८० देखि ९० रूपैयामा बिक्री भइरहेको छ।

    पहिले सर्लाहीका गाउँगाउँमा कोल्हुमा उखु पेलेर स्थानीय प्रविधिबाट सख्खर(मिट्ठा) तयार गरिन्थ्यो ।तर  हरिवन, धनकौल,बगदह र महोत्तरीको रामनगरमा चिनी मिल खुलेपछि किसानहरु सख्खर बनाउन छाडेर  मिललाई उखु बेच्न थालेका छन् । सख्खर बनाउनु भन्दा मिललाई नै  बेच्दा उखु पेल्ने झण्झटबाट मुक्ति मिलेको किसानको भनाइ छ।

   सर्लाही देशमै उखु उत्पादनको पकेट  जिल्लाको रुपमा चिनिन्छ।तर अहिले पनि सर्लाहीका केही  पालिकाहरुमा स्थानीय प्रविधिबाटै सख्खर तयार हुने गरेको छ।

   सख्खरले औषधिसरह काम गर्ने भएकोले यसको सेवन चाडपर्वको बेला मात्र नभई बार्हैमास गर्न सकिने  चिकित्सकहरू बताउँछन् ।यसको सेवनबाट हाम्रो शरीरमा देखापर्ने विभिन्न स्वास्थ्य  समस्याहरु समाधान गर्ने चिकित्सकको दाबी छ ।

No comments:

Post a Comment