Thursday, January 6, 2022

ईश्वरपुरमा सम्पन्न प्रदेश नं २ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि महोत्तरीको रामगोपालपुर टिमले उचाले

 


मनोज यादव---

सर्लाही,पुस २२

   सर्लाहीको ईश्वरपुरमा सम्पन्न  प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट  प्रतियोगिताको उपाधि महोत्तरी जिल्ला को रामगोपालपुर टिमले जितेको छ।ईश्वरपुर युवा सेवा समाज, ईश्वरपुरले आयोजना गरेको प्रतियोगितामा घरेलु टिम बयलबासलाई ३ विकेटले हराउँदै  आमन्त्रित रामगोपालपुर टिमले २०७८ सालको प्रदेश न-२ स्तरीय  तेस्रो मेयर कपको उपाधि जितेको आयोजक संस्थाका अध्यक्ष अफताब आलम मिकरानीले जनाएको छ।


    "राष्ट्रको लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद"भन्ने नाराका साथ बयलबास स्थित खेल मैदानमा गत पुस ४ गतेबाट सुरु भएको उक्त  प्रतियोगिताको पुस २२ गते बिहीबार एक भब्य समारोहका बीच समापन गरिएको छ।समापन समारोहका प्रमुख अतिथि ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार  देवकोटाले उपाधि विजेता महोत्तरीको रामगोपालपुर टिमलाई  नगद रु १ लाखसहित कदर पत्र र ट्रफी तथा उपमेयर एकावती देवी चौधरीले उपविजेता बयलबास टिमलाई नगद रु ५१ हजारसहित कदर पत्र र ट्रफी प्रदान गरेका छन् ।

    ईश्वरपुर नगरपालिकाको आर्थिक  सहयोगमा आयोजना भएको  प्रतियोगितामा प्रदेश नं २ का ८ जिल्ला र घरेलु जिल्ला सर्लाहीका १० वटा टिमले सहभागीता जनाएका थिए।

    विशिष्ट अतिथी उपमेयर एकावती देवी चौधरी लगायत वडा न १ देखि वडा न-१५का वडाध्यक्ष, नगरकार्यपालिका सदस्यहरु, प्रायोजकहरु लगायतका अतिथिहरुको  उपस्थिति रहेको कार्यक्रममा आयोजक संस्थाको तर्फबाट  विजेता, उपविजेता टिमसहित उत्कृष्ट खेलाडी तथा  प्रतियोगिताका प्रायोजकहरुलाई समेत कदर पत्र तथा मायाको चिनो  प्रदान गरेर सम्मान गरेका थिए।

  फाइनल खेलको म्यान अफ द म्याच रामगोपालपुर टिमका खेलाडी संजित सदा बनेका थिए।यसैगरी प्रतियोगिता अवधिभरको खेलमा बयलबास टिमका सुवोध साहले उत्कृष्ट प्रदर्शन गरेका थिए भने प्रतीक सदा शंकरले उत्कृष्ट बलिंङ गरेका थिए ।यस्तै उत्कृष्ट ब्याटिङ बयलबास टिमकै जाहिद शेखले गरेको आयोजक संस्थाका अध्यक्ष मिकरानीले जानकारी दिएको छ।

    १५ दिनसम्म चलेको उक्त प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका थिए भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका थिए।

No comments:

Post a Comment