Monday, January 3, 2022

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलमा बयलबास र बिरगंज टिम विजयी

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १९

   सर्लाहीको इश्वरपुर नगरपालिकामा जारी  प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार चार वटा टिम बिच दुई खेल खेलाइएको छ ।

   सोमबार आयोजक टिम बयलबास र जिल्लाकै हरिपुर्वा टिम बिच भएको पहिलो खेलमा बयलबास टिम ११२ रनको टार्गेटमा हरिपुर्वा टिमलाई १६  ओवरमा अलआउट गर्दै विजेता बनेको छ।विजेता बन्दै आयोजक टिम बयलबास फाइनलमा प्रवेश गरेको छ।

   नव प्रयास बचत तथा ऋण सहकारी सस्थाका सिओ विजय साहले बयलबास टिमका समसाद सेखलाई  म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए।

   त्यसैगरि दोस्रो खेलमा गौशाला  टीमलाई १०७ रनको टार्गेटमा १६ ओवरमा अलआउट गर्दै बिरगंज टीम विजेता बनेका छन् ।उक्त खेलमा म्यान अफ द म्याच बनेका बिरगंज टिमका खेलाडी मुकेश राउतलाई फुड स्परकका प्रोपराइटर दिपेंदर सिंहले पुरस्कार प्रदान गरेका थिए।

   ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने ईश्वरपुर युवा सेवा समाजका अध्यक्ष  अफताब मिकरानीले जनाएको छ।



No comments:

Post a Comment