Sunday, January 2, 2022

प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिता पुनः सुरु,रामगोपालपुर टिम विजयी

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस १८

    बयलबास घटनाका कारण केही दिनदेखि बन्द रहेको प्रदेश स्तरीय तेस्रो टि-२० मेयर कप क्रिकेट प्रतियोगिता आइतवारबाट पुनः सुचारु भएको छ।

   आइतवार झिन्गिस्तान टिम  र रामगोपालपुर  टिम बिच खेल भएको थियो । सो खेलमा झिन्गिस्तान टिमलाई ११८ रनको टार्गेट दिएर १६  ओवरमा अलआउट गर्दै रामगोपालपुर टिम विजयी भएको छ।

   उक्त खेलको म्यान अफ द म्याच रामगोपालपुरको टिम अकबर अन्सारी भएका थिए ।अन्सारीलाई सम्राट  लाजका प्रोपराइटर तपसिर  मिकरानी , ईश्वरपुर युवा सेवा समाजका कोषाध्यक्ष  राम बाबु महरा र ईश्वरपुर युवा सेवा समाजका  सल्लाहकार संजय चौधरीलाई संयुक्तरूपमा म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए।

   ईश्वरपुर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको प्रदेश न-२ स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नव प्रयास युथ फाउन्डेसन ,परी हर्डवेयर एण्ड सेनेटरी,ईश्वरपुर हेल्थ केयर,पुजा इन्टरप्राइजेज ,ए.जी कन्स्ट्रक्सन लगायत विभिन्न ब्यापारीक प्रतिष्ठान,संघसंस्था तथा व्यक्तिले समेत आर्थिक रुपमा सहयोग गरेका छन् भने मेडिया पार्टनरको रुपमा राष्ट्रिय लोकतन्त्र दैनिक , रेडियो एकता,सर्लाही एक्सप्रेस र हिमालय खोज मेडियाले सहयोग गरेका छन् 

    प्रतियोगिताको विजेता टिमले एक लाख र उपविजेता टिमले ५१ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष अफताब मिकरानीले जनाएको छ।

No comments:

Post a Comment