Tuesday, January 4, 2022

बयलबास घटनामा गोली लागी घाइते भएका संजय महतोको उपचार तथा पढाइ खर्च मनोज आचार्यले लिए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २०

    केहीदिन अगाडी सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलबासमा भएको आन्दोलनको क्रममा गोली लागेर गम्भीर घाइते भएको स्थानीय एक युवा संजय महतोको उपचारमा लाग्ने सम्पूर्ण खर्चको जिम्मा  स्थानीय समाजसेवी  मनोज कुमार आचार्यले लिएका छन् ।

   समाजसेवी आचार्यले महतोको स्नातक तहसम्मको पढाइको समेत जिम्मा लिएका छन् ।

   केही दिन अगाडी प्रहरीको गाडीले ठक्कर दिएर  ईश्वरपुर नगरपालिकाका एक स्थानीय पुरुषको ज्यान गएको थियो ।सोही घटनालाई लिएर स्थानीयबासी तथा प्रहरी प्रशासन बिच झडप हुँदा झडपको क्रममा गोली चल्दा गोली लागेर महतो गम्भीर घाइते भएका थिए ।

   हाल महतोको काठमाडौं स्थित अस्पतालमा उपचार भइरहेको छ। 

No comments:

Post a Comment