Wednesday, January 26, 2022

मलंगवा जेसीजको ४२ औं पदस्थापन कार्यक्रम सम्पन्न

 

   

लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १२

    मलंगवा जेसीजको ४२ औं पदस्थापना कार्यक्रम  बुधबार  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहले २०२२ का अध्यक्ष जेसी शिवशंकर जयसवाललाई   र जुनियर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी सोनु कुशवाहाले २०२२ का अध्यक्ष आयुष सिंहलाई  पद हस्तान्तरण गरेका छन्  ।

   कार्यक्रममा अधिवेशनबाट चयन भएका  पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।२०२१ का अध्यक्ष जेसी सुनिल कुमार साहको सभापतित्व तथा  २०२२ का लागि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसी मनोज कुमार साहको र नेपाल जेसिजका भुपु राष्ट्रिय उपाध्यक्ष जेसी विभाष कुमार कर्णको विशिष्ट  आतिथ्यतामा भएको कार्यक्रममा अतिथिको रुपमा जेसीजका भुपु अध्यक्षहरु,विभिन्न पदका पुर्व तथा वर्तमान  पदाधिकारीहरु , स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो।

   केही दिनअघि सम्पन्न अधिवेशनबाट मलंगवा जेसीज वर्ष २०२२का लागि कार्यकारीणी उपाध्यक्षमा जेसी प्रविण कुमार गुप्ता र  जेसी सुनिल कुमार जयसवाल निर्वाचित भएका हुन् ।यसैगरी महासचिवमा दिलिप कुमार झा ,कोषाध्यक्षमा सुभेष सागर श्रेष्ठ  मनोनीत भएको  मलंगवा जेसिज २०२२ का उपाध्यक्ष जेसी समीर मिकरानीले जानकारी दिएको छ।

    सोही कार्यक्रमको  अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए ।

    सर्लाहीको सदरमुकाम मलंगवा वडा न-१० स्थित जानकी पार्टी पैलेशमा सम्पन्न भएको कार्यक्रमको संचालन  जेसी राम लखन महतोले गरेका थिए । 


No comments:

Post a Comment