Thursday, January 6, 2022

जाडोले विद्यालयको पठन पाठन प्रभावित, पालिकाहरुले मातहतका विद्यालयहरुमा विदा दिन थाले

 





मनोज यादव---

सर्लाही, पुस २३

    सर्लाही लगायत तराइ मधेशका जिल्लाहरुमा अहिले शितलहर चलिरहेको छ । शितलहरबाट  विद्यार्थीहरुको पढाई लेखाईमा प्रत्येक्ष प्रभाव परेको छ । जसले गर्दा विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिती घटेको छ ।

   केही दिनदेखि घाम नउदाएकाले गर्दा विद्यार्थीहरु कक्षाकोठामा अनुपस्थित हुन थालेको मलंगवा नगरपालिका वडा न-५ भाँडसर स्थित एक विद्यालयका शिक्षक कामेन्द्र महराले बताए।  जिल्लाको ग्रामीण भेगका सरकारी विद्यालयमा गरिब तथा निम्न मध्यवर्गीय समाजका विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै शिक्षक महराले त्यस्ता वर्ग समुदायका विद्यार्थीहरुलाई चप्पल र सामान्य सिउटरमा विद्यालय आउनुपर्ने बाध्यता रहेको बताए । उनले गरिव तथा विपन्न घरपरिवारका विद्यार्थीहरु न्यानो कपडा र पोषिलो खानेकुराको अभावले गर्दा समेत कक्षाकोठामा उपस्थिती घटेको बताए।

   शितलहरको प्रभावले कक्षाकोठामा विद्यार्थीहरुको अनुपस्थिती दर बढेपछि आफुहरुलाई नियमित पढाई अगाडी बढाउन समस्या हुने गरेको जिल्ला स्थित सामुदायिक विद्यालयहरुका प्राधानाध्यापकहरुले बताएका छन।

   सर्लाहीका अधिकांश निजी विद्यालयहरुमा अहिले परीक्षा चलिरहेको छ । परीक्षा सक्किए पछि केही दिनको लागि  हिँउदे बिदा दिने तयारी गरिसकेको निजी विद्यालयका संचालकहरुले बताएका छन् । सरकारी विद्यालयहरुले भने बिदा दिइसकेका छन् ।बढ्दो जाडो र शितलहरलाई ध्यानमा राखेर जिल्ला बाहिर रौतहट , महोत्तरी, धनुषा लगायत जिल्लाका पालिकाहरुले पनि  सूचना जारी गरेर आफ्ना मातहतका सम्पूर्ण सरकारी तथा संस्थागत विद्यालयमा विदा दिएको घोषणा गरिसकेका छन् । 

   नियमित रुपमा कक्षाकोठामा विद्यार्थीको संख्या  घटनुको साथै  उनीहरुको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै विद्यालयको पठनपाठन औपचारिक रुपमा बन्द गरेको पालिकाहरुले जनाएका छन् । 


 


 


No comments:

Post a Comment