Friday, January 14, 2022
सहारा मल्टिपर्पसले आफ्नो १८ औ वार्षिक साधारणसभाको अवसरमा सर्लाहीका ७ जना क्रियाशील पत्रकारहरुलाई सम्मान गरे
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लिमिटेडले सर्लाहीका ७ जना क्रियाशील पत्रकारहरुलाई सम्मानित गरेको छ।संस्थाले शुक्रवार मलंगवामा आयोजना गरेको आफ्नो १८ औं वार्षिक साधारणसभाको अवसर पारेर जिल्ला क्रियाशील रही समाचारको माध्यमबाट आर्थिक ,सामाजिक र सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष एवं पत्रकार टंक क्षेत्री , डुकु कोइराला ,बख्तियार अली, विश्वनाथ ठाकुर, सुनिल ठाकुर,अनवर अहमद र मनोज यादवलाई सम्मानित गरेको हो ।
संस्थाका अध्यक्ष वसी अहमद मिकरानीको अध्यक्षता तथा केन्द्रीय सहकारी संघका पुर्व कार्यकारी सदस्य ध्रुवनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाको उद्घाटन कार्यक्रममा भुपु सहकारी डिभिजन प्रमुख राम लक्षण रायले स्वागत मन्तव्य दिएका थिए।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मिकरानीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई प्रगतिको बाटोमा लैजान सहयोग पुर्याउने बचतकर्ता, सेयर सदस्य , कर्मचारी तथा फिल्ड कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment