Wednesday, January 5, 2022

धनुषाका पत्रकारको घरमा अज्ञात ब्यक्तिद्बारा आगजनी,१५ लाखको क्षति

 



दिपेश कुमार साह---

रौतहट,पुस २१

   धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा न–५ सखवोनी क्वाशे टोल स्थित पत्रकार सुरेश कुमार यादवको घरमा अपरिचिति व्यक्तिले मंगलबार आगजनी गरेको छ ।आगजनीबाट यादवको  जस्ताको छानाले छाएको काठको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। 

  आफु पुस १९ गतेदेखिनै आमा बिरामी भएर जनकपुरमा उपचार गराई रहेको र  थप उपचारको लागि आमालाई चितवन लैजाने तयारीमा रहेको बेला मंगलबार  बिहान  घरमा आगजनी भएको खबर पाएको पिडित पत्रकार यादवले बताए ।

   उक्त आगजनीबाट आमाको उपचारको लागि  शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगदसहित दराज, सोफा, पलङ्ग ओढ्ने–ओछ्याउने , लत्ताकपडा, आमाको कानमा लागाउने झुम्का, टप र दालचामल गरि करिव १५ लाख रुपैया बराबरको सम्पती  जलेर खरानी भएको पिडित पत्रकार यादवले बताएका छन्  ।

  घटनाको सम्बन्धमा अनुसंधान भइरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

No comments:

Post a Comment