Wednesday, January 12, 2022

सर्लाहीमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसंधानका एस.पी र २ जना प्रशासकीय अधिकृतसहित जिल्ला प्रशासन कार्यालयका ११ जना कर्मचारीहरुलाई कोरोना संक्रमण

 



लोकतन्त्र समाचारदाता--

सर्लाही ,पुस २८

    सर्लाहीमा बुधबार सशस्त्र प्रहरी प्रमुख एस.पी भरत खनियाँ र राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका प्रमुख चन्दन झा, प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापासहित  जिल्ला प्रशासन कार्यालयका ११ जना कर्मचारीहरुमा  कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल मलंगवाले जनाएको  छ ।

    यसअघि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख एस.पी कृष्ण प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साह मा पनि कोरोना संक्रमण पुष्टी भएको र उनीहरु अहिले आइसोलेटेड भएर बसिरहेका छन्

   प्रशासन कार्यालयमा नागरिकता र राष्ट्रिय परिचय पत्रका लागि अहिले सेवाग्राहीहरुको अत्यधिक भीड लाग्ने गरेकोले एकैसाथ यती धेरै संख्यामा सो कार्यालयका कर्मचारीहरुलाई कोरोना भएकोले कार्यालयको काम कारवाही संचालनमा समस्या उत्पन्न भएको छ।

No comments:

Post a Comment