Sunday, January 9, 2022
व्यापारमुखी नभइ सेवामुखी उदेश्यले अस्पताल खोलेको चमेली माई हस्पिटल मलंगवाका डाक्टर कमलेश साहको भनाइ
यस हस्पिटलले केही दिनअघि आफ्नै प्रांगणमा रेडक्रस सोसाइटी मलंगवासँगको सहकार्यमा रक्तदान शिविर संचालन गरेको छ ।त्यस्तै शनिवार चक्रघट्टा गाउँपालिकामा विभिन्न रोग सम्बन्धित स्वास्थ्य शिविरको आयोजना गरेको छ।
चमेली माई हस्पिटलका संचालक समेत रहनु भएका डाक्टर कमलेश कुमार साहले आफ्नो पेशालाई व्यापारमुखी नबनाएर सेवामुखी बनाउने उदेश्यले अस्पताल सुरु गरेको बताएका छन् ।उनले आगामी दिनहरुमा पनि सम्बन्धित गाउँका पालिकाहरु सँग समन्वय गरि यसैगरी विभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविरहरुको आयोजना गर्दै जाने जानकारी गराए ।
२४ सै घण्टा इमर्जेन्सी,एक्सरे र पैथोलोजी लैबको सुविधा रहेको यस अस्पतालबाट बिरामीहरुलाई अक्सिजन ,यु.सि.जी,इ.सि.जी,बेबी वार्मर ,प्रत्येक दिन ओपिडी सेवा प्रदान गर्नुका साथै डेलिभरीको लागि आउने गर्भवती महिलाहरुलाई सक्दो नर्मल डेलिभरी गराउने लगायतका सेवाहरुको व्यवस्था रहेको डा.साहले बताए । कतिपय हस्पिटलले नर्मल डेलिभरी हुनसक्ने महिलाहरुलाई बढी पैसाको लोभमा अपरेसन मार्फत डेलिभरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने र ज्याननै जोखिममा पर्ने गरेकोले आफुले यस्तो नकारात्मक कार्यलाई निरुत्साहित पार्न सकेसम्म नर्मल डेलिभरीनै गराउने गरेको उनले बताए ।
उक्त अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु नयाँ भएपनि यस चमेली माई हस्पिटलले प्रदान गरेको सेवा सुविधा तथा उपचार प्रति आफुहरु संतुष्ट रहेको बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment