Wednesday, January 12, 2022

युवा नेता समीर मिकरानीले गरे मलंगवामा संचालित उपमेयर कप २०७८ को उद्घाटन ,उद्घाटन खेलमा नारायणपुर टिम २७ रनले विजयी

 

 



मनोज यादव----

सर्लाही,पुस २८

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आजदेखि पहिलो  संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता एवं  मलंगवा नगरपालिकाका उप–मेयर शान्ती मिकरानीका एकमात्र छोरा समिर मिकरानीले गर्नुभएको छ ।

   मलंगवा नपा वडा न-२ स्थित जिल्ला खेलकुद विकास कार्यालयको कवर्ड हलमा भइरहेको यस प्रतियोगितामा सर्लाही जिल्ला अन्तर्गतका विभिन्न पालिकाबाट १६ वटा टिमले सहभागीता जनाएका छन्।पुर्व निर्धारित कार्यक्रम अनुसार मेयर निरसल साहले उद्घाटन गर्ने तय भएपनि उहाँ बिरामी भएको र उपमेयर शान्ती मिकरानीसमेत जिल्ला बाहिर रहनु भएकोले उहाँहरुको अनुपस्थितिमा खेलको उद्घाटन  युवाहरु माझ निकै चर्चामा रहनु भएका नेपाली काँग्रेसका युवा नेता समीर मिकरानीले गर्नु भएको छ।देश विकासको लागि युवाको विकास र युवाको विकासको लागि खेलको विकास हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै उपमेयर कप २०७८ को आयोजना गरेको मिकरानीले बताउनुभयो ।

 बुधबार सम्पन्न भएको उद्घाटन खेल 

पर्सा गाउँपालिकाको नारायणपुर टिम र बरहथवा नगरपालिकाको हिरापुर टिम बिच खेलाइएको थियो।उक्त खेल नारायणपुर टिमले टस जितेर पहिलो ब्याटिङ रोजेर हिरापुर टिमलाई ९१ रनको लक्ष्य दिएर ६४ रनमा अल आउट गर्दै २७ रनले जित हासिल गरेका थिए ।

   भोलीको खेल कबिलासी नगरपालिकाको अगर्वा र हरिपुर नगरपालिकाको लक्ष्मीपुर टिम बिच हुने छ।

   प्रतियोगिताको सबै खेल कवर्ड हल(जि.खे.विकासको खेल मैदान)मा खेलाइने आयोजक मलंगवा स्ट्राइकर क्रिकेट क्लबले जानकारी दिएको छ।सर्लाहीको नगरपालिका र गाउँपालिका अन्तर्गतका क्रिकेट टिमहरु बिच खेलाइने यस प्रतियोगिताका विजेता टिमलाई नगद २५ हजार रुपैया र उपविजेता टिमलाई १० हजार रुपैया पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।



No comments:

Post a Comment