Monday, January 10, 2022

तराईमा चिसो बढ्न थाल्यो,स्वास्थ्य प्रति ख्याल राख्न चिकित्सकको सल्लाह

 






मनोज यादव--

सर्लाही ,पुस २६

   सर्लाहीमा  केही दिनयता चिसो ह्वात्तै बढेको छ। विहान बेलुका मात्र नभइ अहिले दिउँसो समेत बाक्लो हुस्सु लाग्न थालेको छ।

   मलंगवा सहित यहाँका बिभिन्न क्षेत्रमा हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा, दैनिक मजदुरी गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन्। साँझपख हावा चल्दा  बढी चिसो लाग्ने गरेको छ । 

     गर्मीको बेला अति गर्मी र चिसोको बेला अति चिसो, हुस्सु र शितलहरले तराईबासीहरुको जनजिवन कष्टकर हुने गरेको छ। चिसोमा बिभिन्न किसिमका रोगहरु लाग्ने हुदाँ स्वास्थ्यमा विशेष ख्याल र्पुयाउनुपर्ने चिकित्सकले सुझाव दिएका छन्।

   घट्दो तापक्रम र बाक्लिदो हुस्सु कारण सवारी साधन चलाउँदा फक्स लाईट बाल्न सर्लाही  ट्राफिक प्रहरीले  सुझाव दिएको छ।

  बिगत केही दिनदेखि विस्तारै घट्दै गइरहेको तराईको तापक्रम र  मौसममा आएको परिवर्तनले गर्दा मानिसको जनजिवनमा पनि बदलाव आएको छ। मानिसहरु  शरिरलाई न्यानो बनाउने उनी तथा बाक्लो  कपडा लगाउनुका साथै दिनभरि आगो तापेर बस्ने गरेका छन् ।

    यसरी बिस्तारै बदलिँदै गइरहेको मौसमले गर्दा मानिसहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर पर्न थालेको छ। यस्तो मौसममा आफ्नो स्वास्थ्य प्रति विशेष ख्याल राख्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।यस्तो मौसममा विशेषगरी  बालबालिका , वृद्धवृद्धा र बिरामीहरुलाई समस्या हुने गरेको छ । ब्लड प्रेसर, मुटु सम्बन्धि रोग र एस्नोफिलिया जस्ता रोगका बिरामीहरुलाई चिसोबाट बच्नु पर्ने मलंगवा स्थित स्तुति सौम्या हेल्थ केयर हस्पिटलका संचालक तथा डाक्टर गुणेश्वर झाले बताएका छन्  ।मौसम अनुसार शरिरको ख्याल नराख्दा विभिन्न किसिमको रोगहरुको संक्रमण हुने डाक्टर झा बताउँछन् ।यस्तो मौसममा रहनसहन र खानपानमा समेत विशेष ध्यान पुर्याउन जरुरी छ ।स्वास्थ्यमा कुनै पनि किसिमको समस्या आए तुरुन्तै स्वास्थ्यकर्मीकोमा जान र यसबाट बच्न फ्रिजको चिसो पानी , सेलाइसकेको खानेकुरा र बासी खानेकुरा नखान उनले सल्लाह दिएका छन् ।


    अहिले बिस्तारै परिवर्तन भइरहेको  मौसममा भाइरल इन्फेक्सनको  सम्भावना बढी हुने र यसको प्रत्यक्ष असर बृद्धबृद्धा , बालबालिका  र बिरामीहरुमा पर्ने भएकोले उनीहरुको  रहनसहन,खानपान र लुगा लगाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने चिकित्सकहरुको सुझाव छ।

No comments:

Post a Comment