Wednesday, January 12, 2022

मलंगवा नगरपालिकाका मेयरलाई पनि कोरोना संक्रमण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २८

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका  प्रमुख जिल्ला अधिकारी  थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई पछि  सदरमुकाम मलंगवा नगरपालिकाका मेयर निरसल साहमा पनि  कोरोना संक्रमण पुष्टी भएको छ ।

    गएको केही दिनदेखि ज्वरो आएपछि  मंगलबार बिहान जिल्ला अस्पताल पुगेर स्वाब दिएका मेयर साहको सोही दिन साँझ आएको रिपोर्ट अनुसार साहमा कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला अस्पताल मलंगवाले जानकारी दिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य नै रहेकाले उनी अहिले आफ्नै घरमा आइसोलेटेड भएर बसेको पारिवारिक श्रोतले जानकारी गराएको छ। 

    मेयर साह सँगै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले पनि आफ्नो स्वाब दिएका थिए तर उनको रिपोर्ट भने नेगेटिभ आएको अस्पताले जनाएको छ ।

    उहाँहरु सँगै कन्ट्याक्ट ट्रेसिङ्गमा पर्नु भएका  सर्लाहीका सशस्त्र प्रहरीका उपरीक्षक भरत खनियाँ र  जिल्ला प्रशासन कार्यालयका ३४ जना  कर्मचारीहरुको पनि मंगलबार  मलंगवामा स्वाब संकलन गरि परिक्षणको लागि दिइएको  छ । 

No comments:

Post a Comment