Wednesday, January 5, 2022

बुधबार घाम लागेपछि शितलहरको मार खेप्दै आएका सर्वसाधारणहरुलाई केही राहत

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,पुस २१

झण्डै एक सातादेखि जाडो र शितलहरको मार खेप्दै आएका सर्वसाधारणहरुलाई बुधबार मौसममा केही सुधार आएर घाम लागेपछि राहत भएको छ । मौसमविदहरुले तराइमा चिसो झन् बढ्ने बताए पनि बुधबार बिहानदेखि नै घाम लागेकोले चिसोले निसास्सिएको सर्लाहीको जनजीवनमा राहत मिलेको छ । झण्डै एक हप्तादेखि घाम नै नदेखिएर हुस्सु र शितलहरले कठ्याङग्रिएका सर्वसाधारणहरु विहानैबाट घाम तापेर बसेका छन् । घामले बालबालिका, वृद्धवृद्धा, बिरामीसहिय  पशु चौपायलाई पनि राहत मिलेको छ । 

    घाम लागेपछि बिहानैदेखि महिलाहरु  चापाकल,धारा,ईनार, पोखरी ,तलाउ,खोला लगायतका जलाशयमा कपडा घोएर सुकाउन ब्यस्त देखिएका थिए भने बालबालिका देखि वृद्धवृद्धाहरु नुहाउँदै गरेको देखिएका थिए।

   ग्रामिण भेग किसानहरु चिसोका कारण घरगोठ भित्रै बाँधेर राखेका घरपालुवा पशु चौपाया बाहिर निकालेका छन् ।बिहानैदेखि घाम लागेकोले कतिपय किसानहरु दिनभर जाडो र शितलहरका कारण एक सातादेखि थाँती राकेको खेतको काम गरेर भ्यायका छन् ।

   लगातार एक सातादेखि घटेको बजारको चहपहल पनि बढेको देखिएको थियो।

No comments:

Post a Comment