Sunday, January 9, 2022

बाल कल्याण समाजको तेस्रो वार्षिक साधारणसभा मलंगवामा सम्पन्न ,समाजसेवी र अधिकारकर्मीसहित पत्रकार मनोज यादव सम्मानित





अजिता चौधरी ---

सर्लाही ,पुस २५

    सर्लाही रामनगर गाउँपालिका वडा न-२ स्थित रहेको एक गैरसरकारी सामाजिक संस्था बाल कल्याण समाजको तेस्रो वार्षिक साधारणसभा सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   संस्थाले मलंगवा नपा वडा न-१० स्थित जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।कार्यक्रमको अवसरमा संस्थाका अध्यक्ष सुन्दर श्याम रायले संस्थाको तर्फबाट जिल्लामा सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका सामाजिक संस्था ,विभिन्न क्षेत्र समुदायका अधिकारकर्मी,सामाजिक कार्यको लागि संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएका ब्यक्ति र पत्रकारीताको क्षेत्रमा क्रियाशील भएर समाजलाई चेतना दिने तथा कमजोर वर्गका समुदायलाई  अधिकार दिलाउने खालका समाचारहरु सम्प्रेषण गर्दै आएका राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक मनोज यादवलाई सम्मानित गरिएको छ।उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं जिसस सर्लाहीका सभापति मेथुर चौधरीले कदरपत्रसहित मधेश र मधेशीको सान गम्छा ओढाएर सम्मानित गर्नु भएको छ।

  कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभापति चौधरीले यस क्षेत्रका अती विपन्न , गरिब तथा दलित समुदायको  विकासको लागि संस्थाले गर्दै आएको कामहरु धेरै नै सराहनीय रहेको र आगामी दिनहरुमा पनि यसैगरी लक्षित समुदायको लागि विभिन्न कार्यक्रमहरु ल्याएर आफ्नो काममा निरन्तर लागेर समाजसेवाको काम गर्न सुझाव दिंदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै अध्यक्ष रायलाई   शुभकामना दिनुभयो । 

   रायले कार्यक्रममा उपस्थित अतिथिहरुलाई संस्थाले गरेकोे विभिन्न सामाजिक क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए । उनले अबको केही दिनमै जिल्लामा संचालित विभिन्न इट्टा भट्टाहरुमा(चिमनी) काम गर्ने मजदुरका बालबालिकाहरुको लागि सम्बन्धित इट्टा भट्टामै शिक्षक राखेर नि:शुल्क रुपमा शिक्षा प्रदान गर्ने संस्थाको योजना रहेको जानकारी गराएका छन् ।साथै उनले बालअधिकार शिक्षा र अभिभावक शिक्षालाई पनि प्राथमिकतामा राकेर कार्यक्रम ल्याउने बताए ।

  संस्थाका अध्यक्ष रायकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल राष्ट्रिय दलित समाज कल्याण समाज संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,मानवअधिकारकर्मी मुकेश मिश्र,स्थानीय युवा समाजसेवी अमित कुमार अग्रवाल, समाजसेवी जयप्रकाश अग्रवाल ,स्वतन्त्र विद्यार्थी युनियन चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीका सचिव विनोद रेग्मी , सोही क्याम्पसका उपप्रमुख मुकेश यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

   वि.स २०७५ सालमा स्थापना भएको बाल कल्याण समाजले  हालसम्म सर्लाहीका विभिन्न गाउँका झण्डै २ सय भन्दाबढी अति विपन्न ,टुहुरा स्कुले बालबालिकाहरुलाई विभिन्न दाताहरूको सहयोगमा शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको साथै शितलहरको मार खेपी रहेका विपन्न समुदायका १ सय भन्दा बढी  वृद्धवृद्धाहरुलाई न्यानो लुगा तथा कम्बल वितरण गरिसकेको अध्यक्ष रायले जानकारी गराउनु भएको छ।



No comments:

Post a Comment