Sunday, January 23, 2022

सय भन्दाबढी विपन्न परिवारलाई समाजसेवी ध्रुव रिजाल द्वारा कम्बल वितरण

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ९

    नेपाली काँग्रेसका नेता तथा  समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न घरपरिवारलाई न्यानो कम्बल वितरण गरेको छ।

   समाजसेवी  रिजालले आईतवार (आज) नेपाली कांग्रेस लालबन्दी-५ मार्फत आफ्नै गाउँ रन्जितपुर र मेजरगञ्जमा बसोबास गर्ने  विपन्न घरपरिवारका नागरिकहरुलाई कम्बल वितरण गरेका हुन ।नेपाली कांग्रेस लालबन्दी -५ का क्षेत्रीय प्रतिनिधिसमेत रहनु भएका समाजसेवी  युवा नेता रिजाल आफुले  कुनै राजनीतिक उद्देश्य पुर्ति नगर्न बल्की थोरै भएपनि सितलहरबाट पिडित नागरिकहरुलाई  राहत मिलोस भन्ने उद्देश्यले कम्बल वितरण गरेको बताएका छन् । उनले चाडैंनै एक गैरसरकारी संस्था मार्फत सामाजिक गतिविधिमा सक्रियता जनाउने बताए।

    समाजसेवाको यो अभियान गृह गाउँबाट सुरु भएपनि आउँदा दिनमा नगरका सम्पूर्ण वडाहरु हुँदै अघि बढ्ने आफ्नो लक्ष्य रहेको उनले बताए। रिजालले यस अघि पनि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेको र  ती संस्थाहरुमा रहँदा पनि  समाजको हित हुने कामहरु गरेको बताए । पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहँदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्‍याएको र आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने उनको भनाइ छ ।

   समाजसेवी नेता रिजालले  नेपाली कांग्रेस लालबन्दी-५ का सभापति मिनप्रसाद ढुंगेल,उपसभापति ज्ञानबहादुर कटुवाल,खिलनाथ भण्डारी युवा नेता नारायण गुर्मछाने सचिव सुदिप न्यौपाने,सह-सचिव प्रल्हाद बखरेल,क्षेत्रीय प्रतिनिधिहरू कमल चौधरी,हरि धमला,यादव दाहाल,प्रमोद थपलिया,सीता माझी, चित्र कोश्वार ,तिर्थ गजमेर, विष्णु पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थितिमा कम्बल वितरण गरेका थिए।

   कम्बल वितरण  कार्यक्रमको सहजिकरण शिक्षक नवराज सुवेदीले गरेका थिए ।

    कठ्याङ्ग्रिदो जाडो र शितलहरमा  न्यानो कम्बल पाएका स्थानीयबासीहरु निकैनै खुसी देखिन्थे।कम्बल वितरण गरेको भन्दै उनीहरुले कार्यक्रम स्थलमै समाजसेवी रिजाललाई धन्यबाद दिएका थिए।

No comments:

Post a Comment