Wednesday, January 5, 2022

सर्लाही स्थित बागमती सिंचाई आयाेजनाकाे नहरमा पेस्ताेल सहितकाे शंकास्पद झाेला भेटियो





लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २१

     सर्लाहीको लालबन्दी नगरपालिका वडा न-३, जब्दी स्थित  बागमती सिंचाई आयाेजनाकाे नहरमा बुधबार   पेस्ताेल सहितकाे झाेला एउटा फेला परेकाे छ ।

   आयाेजनाकाे नहर स्थित काँसघारीमा  झाेलाकाे चेन खुलेको अवस्थामा रहेको  झाेलामा नलकटुवा पेस्ताेल भटिएकाे जिल्ला  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उक्त  झाेला भित्र विद्युतीय तार तथा अन्य पाेका जस्ताे देखिने सामान समेत रहेको प्रहरीले जानकारी दिएको छ।

    स्थानीयहरुले  बुधबार बिहान नहरमा बेवारिसे अवस्थामा रहेको  शंकाष्पद झाेला देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाकाे बम डिस्पोजल  टाेली बाेलाएका छन् । 

No comments:

Post a Comment