Thursday, January 13, 2022

१९ वर्षिया विवाहित किशाेरीको शंकास्पद मृत्यु ,विहे गरेको मात्र २ महिना पुगेको

 

प्रतीक फोंटो


       

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २९

   सर्लाहीको हरिवनमा एक १९ वर्षीया विवाहित किशोरीको शंकास्पद मृत्यु भएको छ। हरिवन नगरपालिका वडा न-११ बस्ने सुशिल दाहालकी श्रीमती अन्दाजी वर्ष १९ की संचिता गौतम( कुन्ती)को शंकास्पद मृत्यु भएको हो ।

   उनको शव वडा न-११ स्थित इलाका  मालपाेत कार्यालय नजिकै रहेको तीनतले  पक्की घरको उनी सुत्ने कोठाको पंखा झुण्डाउने रडमा घाँटीमा सलको पासो लगाएर झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतक किशोरीको बिवाह हालै २०७८ साल मंसिर ५ गते भएको थियो । बिवाह भएको २ महिना पनि नबित्दै किशोरीको मृत्यु हुनुको घटना रहस्यमय रहेकाे भन्दै यो समाचार तयार पार्दासम्म स्थानियहरुले मृत्युकाे कारण नखुले सम्म शव निकाल्न नदिने भन्दै राेकेर राखेका थिए।

    मृतकको ससुराली पक्षले बिवाह गरेर आएको दिनदेखि नै दाईजाेका विषयमा विवाद गर्दै आएको साथै मृतकका श्रीमानले आफू अर्काे बिवाह गर्न पाउनु पर्ने माग,सम्बन्ध विच्छेद गर्न दवाव दिने,सासुले अंश खान आएकी भन्दै पटकपटक तनाव दिने  लगायतका मानसिक तनाव दिंदै आएको पिडित माइती पक्षकाे आराेप छ । माइती पक्षले घटनाकाे न्यायाेचित छानविन गरि दाेषीहरुलाई नियन्त्रणमा लिएर यथाशीघ्र कारबाही गर्नु पर्ने माग राखेका छन् ।

    संचिताका श्रीमान सुशिलले  सामान्य स्वास्थ्य समस्या आउँदा पनि  घरबाट भगाउने र माइती पुर्याउन जाँदा भन्दै बिच बाटाेमा लगेर छाडिदिने लगायतका कामगर्ने गरेको  स्थानियहरुले बताएका छन् ।

No comments:

Post a Comment