Tuesday, January 18, 2022

नाम र राजधानी तोकेपछि मधेस प्रदेशको सर्लाहीमा विजय जुलुस निकालियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४ गते

    प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा सर्लाहीको सदरमुकाम मलंगवामा विजय जुलुस निकालिएको छ। 

     सोमबार(हिजो) प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस ’ र राजधानी ‘जनकपुरधाम’ तोकिएको थियो।

   सोही खुसीयालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संयुक्तरूपमा मंगलबार (आज)मलंगवामा विजय जुलुस निकालेर खुसियाली मनाएका छन् ।उक्त विजय जुलुस मलंगवा नगरपालिका वडा न-१० स्थित सहिद चौकबाट सुरु गरि नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः सहिद पार्कमा पुगेर त्यहाँ रहेको मधेश आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरि जुलुस सम्पन्न गरिएको थियो।

    खुसियाली मनाउन भन्दै प्रदेश सरकारले आज (माघ ४ गते) सार्वजनिक बिदासमेत दिएको थियो। 


No comments:

Post a Comment