Thursday, January 13, 2022

मलंगवा जेसिज २०२२ को अध्यक्षमा शिव शंकर जयसवाल सर्वसम्मतिबाट निर्वाचित

 


 

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २९

    मलंगवा जेसिज वर्ष २०२२ को लागि अध्यक्ष पदमा जेसी शिव शंकर जयसवाल सर्वसम्मतिबाट निर्वाचित  भएका छन् । बिहिवार सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिका वडा न-८ स्थित जेसिज माविमा  सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष जयसवालसहित अन्य पदाधिकारीहरु पनि सर्वसम्मतिबाट चयन भएका छन् ।

   उक्त निर्वाचनबाट कार्यकारी उपाध्यक्षको पदमा जेसी प्रविण गुप्ता र जेसी सुनिल जयसवाल त्यस्तै उपाध्यक्ष पदमा क्रमशः जेसी मो समीर मिकरानी,जेसी राहुल गुप्ता ,जेसी मो मन्जर हुसैन र जेसी करण कर्ण सर्वसम्मतले चयन भएको रिटर्निंग अफिसर  समेत रहनु भएका   मलंगवा जेसिजका पुर्व अध्यक्ष   जेसी राजनहरी श्रेष्ठले जानकारी दिएको छ।

   यसैगरी सोही निर्वाचनबाट  महासचिव ,सह-महासचिव ,कोषाध्यक्ष,सह-कोषाध्यक्ष लगायतका पदमा मनोनित भएका पदाधिकारीहरुको घोषणा केही दिन भित्र हुन लागेको निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रममा गरिने निर्वाचन अधिकृत  अरुण कुवँरले जनाएको छ। 

No comments:

Post a Comment