Sunday, January 16, 2022

विपन्न दलित टुहुरा बालबालिकाहरु न्यानो स्विटर पाएपछि खुसी

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ २

    जाडो तथा शितलहरका कारण कठ्याङ्ग्रिएर समय कटाउँन बाध्य विपन्न दलित समुदायका बालबालिकाहरु न्यानो स्विटर पाएपछि खुसी भएका छन् । बाल कल्याण समाज ( CWS) सर्लाही प्रदान गरेको न्यानो स्विटर पाएर सर्लाहीको गोडैता नगरपालिका वडा-न ३,सिमरा भगवतीपुरका बालबालिकाहरु खुसी भएका हुन।

       सुन्दर श्याम रायको अध्यक्षता , गोडैता नपा का मेयर देवेन्द्र यादवको प्रमुख आतिथ्यता तथा वडा न-३ सिमरा भगवतीपुरका वडाध्यक्ष बिजय यादवको विशिष्ट आतिथ्यतामा आइतवार आयोजित एक कार्यक्रमका बिच राज होजियारी बिरगंज द्वारा सहयोग प्राप्त स्विटर श्री प्राथमिक विद्यालयका २० जना विपन्न दलित  बालबालिकालाई वितरण गरिएको आयोकक संस्थाले जनाएको छ।

     तीन वर्षअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भइ संचालनमा आएको यस संस्थाले विपन्न , टुहुरा तथा दलित बालबालिकाको लागि विभिन्न सहयोग मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ।

    रामनगर गाउँपालिका वडा न-२  मा प्रमुख कार्यालय रहेको यस संस्थाले मलंगवा नपा वडा न-८ स्थित  शाखा कार्यालयबाट काम कारवाहीहरु संचालन गर्दै आएको अध्यक्ष रायले बताएको छ।

No comments:

Post a Comment