Tuesday, January 11, 2022

प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको सामाजिक अभियान चल्दै , हालसम्म ५५१ थान न्यानो सल बितरण

 

लोकतन्त्र समाचारदाता---

वीरगञ्ज,पुस २७

    पर्सा क्षेत्र न- २ "ख" का प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले आफनो क्षेत्रमा रहेका एकल तथा बृद्ध महिलाहरुलाई जाडो छल्न न्यानो सल वितरण अभियान सुरु गरेको छ। सो अभियान मार्फत उहाँले हालसम्म ५ सय ५१ थान न्यानो सल वितरण गरिसक्नु भएको छ।

   गाउँघरका एकल तथा बृद्ध महिलाहरुलाई जाडो छल्न भनि सांसद कुर्मीले आफ्नो संसदीय  कोषबाट सल बितरण कार्य गरिरहनु भएको हो। उहाँले अभियान चलाएर लगातार चार दिनसम्म आफ्नो क्षेत्र अन्तर्गतका तीन स्थानमा सल वितरण गर्नु भएको उहाँ निकटका ब्यक्तिले जानकारी गराएका छन् ।

   बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गर्दै आफुले आफनो क्षेत्रमा रहेका एकल ,बृद्ध तथा असहाय महिलाहरुलाई चिसो र शितलहरबाट बचाउन सल वितरण अभियान चलाएको उहाँले बताउनुभयो ।

    अभियान अन्तर्गत दोस्रो दिन बिरगंज स्थित बिन्ध्यावासिनी टोलको वडा न-१९ मा ९५ थान, बारवा टोलमा ४० थान र वडा न-२५ सिर्सिया भन्सारमा ८८ थान गरी जम्मा २२३ थान सल वितरण गरिएको छ।

   सल वितरण कार्यक्रममा विन्ध्यावासिनी टोल वडा न-१९ का बिरेन्द्र सरार्फ , केदार गुप्ता ,प्रमोद यादव , दिपक पटेल पुरन ,कनवार अंसारी, भन्सार सिर्सियाका लाल बाबु बगट ,अस्लम आलम ,अखिलेस पटेल ओम प्रकाश सरार्फ , पारस साह र सेखा फीरोज लगायतका स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

    प्रदेश सांसद कुर्मीले अभियानको  पहिलो दिन ३२८ थान न्यानो सल वितरण गर्नु भएको थियो।

No comments:

Post a Comment