Tuesday, January 25, 2022

विपन्न विधार्थीहरूलाई कठ्याङ्ग्रिदो चिसोमा स्विटर उपहार

 

लोकतन्त्र समाचारदाता--

सर्लाही ,माघ ११

  जिल्ला विपद् व्यवस्थापन समिति, सर्लाहीले श्रीमती सरस्वतीदेवी कुशवाहा सामुदायिक आधारभूत विधालय, गोडैता नपा-५, रामवन, सर्लाहीमा अध्ययनरत विपन्न विधार्थीहरूलाई कठाग्रिदों चिसोबाट बच्न एक कार्यक्रमका बिच स्विटर वितरण गरेको छ ।

 कार्यक्रममा विधालयको पूर्व प्राथमिक/बालविकास कक्षा र कक्षा-१ मा अध्ययनरत विधार्थीहरूमध्ये गरिव, असहाय र विपन्न गरि १२५  जना विधार्थीहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसार्ईं र निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले स्वेटर हस्तान्तरण गर्नु भएको छ ।

   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले कठाग्रिदों चिसोबाट बच्न सबै विधार्थीहरूलाई स्वेटर आवश्यक भएपनि हामीले  विपन्न विधार्थीहरूलाई मात्र उपलब्ध गराउदै जनताको सबभन्दा नजिकको स्थानीय सरकारले यस्ता कार्यहरू पनि गरून् भन्ने उद्देश्यले स्वेटर वितरण गरिएको बताउनु भयो । उहाँले कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनको तीब्र वृद्धि भइरहेकोले यसबाट बच्न मास्कको सही प्रयोग, भौतिक दुरी कायम, बेलाबेलामा साबुनपानीले हात धुने बानीको विकास वा स्यानिटाइजर प्रयोग, भिडभाड नगर्न, हावा आवतजावत राम्रो हुने स्थानमा बस्न लगायतका सबै जनस्वास्थ्य मापदण्डहरू पालना गर्दै अनिवार्य खोप लगाउन आह्वान गर्नु भएको छ ।

  त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले शान्ति सुरक्षा, लागू आैषध नियन्त्रण, विपद् उद्दार, फरार प्रतिवादी पक्राउ र सीमावर्ती अपराध नियन्त्रण गर्ने बताउनुभयो । उहाँले भविष्यका कर्णधार युवा पिढीलाई लागू आैषधको कुलतबाट टाढा राख्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

  कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिल कुशवाहाले सरकारले भौतिक रूपमा विधालयको पठनपाठन मात्र बन्द गरेकोले उक्त अवधिमा वैकल्पिक शिक्षण सिकाइ प्रकृयाबाट निरन्तर विधार्थीहरूको सिकाइ अभिवृद्धिमा जुटन शिक्षकहरूलाई आग्रह गर्नु भएको छ ।

   कार्यक्रममा विधालयले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं र कम्प्युटर अपरेटर मुकेश कुमार यादवलाई मायाको चिनो, दोसल्ला, खादा र अविर लगाएर सम्मान गरेको छ ।

  विधालयका प्रधानाध्यापक रामप्रकाश महतोले स्वागत मन्तव्य र शिक्षक शंकर महतोले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।

कार्यक्रम प्रजिअ थानेश्वर गौतमको अध्यक्षता, प्रउ कृष्ण प्रसाईंको विशिष्ट आतिथ्य, निइप्र सुनिल कुशवाहा, कअ मुकेश कुमार यादव, लेजोसं अनिल कुमार साह, समाजसेवी हिरानन्द महतो, किशोरी महतो, रामजी महतो, शिक्षाप्रेमी जय नारायण महतोको आतिथ्य र अभिभावक, शिक्षक, विधार्थी , पत्रकार लगायतको उपस्थितिमा सम्पन्न भएको छ ।


No comments:

Post a Comment