Friday, January 14, 2022

११ बुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टी द्वारा सर्लाहीको मलंगवामा विशाल जनसभा तथा जुलुस प्रदर्शन

 




मनोज यादव ---

सर्लाही,पुस ३०

   

    सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले किसानका ११ बुँदे मागसहित सर्लाहीको सदरमुकाम मलंगवामा आज विशाल जनसभा तथा जुलुस प्रदर्शन गरेको छ।जिल्लाका २० वटा गाउँपालिकाबाट हजारौंको संख्यामा  आएका किसानहरुले मलंगवा बजारमा बाजागाजा र झाँकीसहित जुलुस निकालेका छन् ।

    जनमत पार्टी सर्लाहीका जिल्ला अध्यक्ष जवाहर यादवले नेतृत्व गरेको जनसभा मार्फत किसानहरुको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मलखाद र बिउको व्यवस्था ,सिंचाइको व्यवस्था , नसके सिंचाइ बिजुली निशुल्क ,हावाहुरी र वर्षाले क्षती भएका बालीनालीको क्षतिपूर्ति ,बालीको उचित समर्थन मूल्य निर्धारण ,उखु किसानको भुक्तानी,किसान कार्डको व्यवस्था  गरि किसान कार्ड देखाएर सीमानाका का बजारबाट सामान ल्याउन पाउने व्यवस्था ,किसानलाई पनि पेन्सनको व्यवस्था ,बालीनालीको बीमा ,किसानमाथि हुने दमन बन्द ,उनीहरू उपर लगाइएका झुठा मुद्दा खारेज गरि गिरफ्तार गरिएका आन्दोलनकारीलाई रिहा गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

   सोही मागहरु राखेर उनीहरू आजै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

   केन्द्रको निर्देशन अनुसार यसपछिको कार्यक्रम तथा आन्दोलन स्वरूप परिवर्तन गरि थप कार्यक्रमहरु घोषणा गरिने पार्टीका सर्लाही जिल्ला अध्यक्ष यादवले जानकारी दिइएको  छ ।किसान आम्दोलन अहिले २२ वटा जिल्लाहरुमा चलिरहेको पार्टीले जनाएको छ।

No comments:

Post a Comment