Tuesday, January 11, 2022

सिंचाइको लागि नहरमा पानीको माग गर्दै सर्लाहीका किसानहरु द्वारा नवलपुर-मलंगवा सडक खण्डमा चक्का जाम

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २७

    हिउँदे बाली गहुँको सिंचाइका लागि  पानीको माग गर्दै सर्लाहीका किसानहरु नवलपुर-मलंगवा सडक खण्ड अन्तर्गत सलेमपुर चौकमा आज(मंगलबार) बिहान प्रदर्शन गर्दै एक घण्टा चक्का जाम गरेका छन् ।बिहान ८ बजेदेखि सुरु भएको चक्का जामको क्रममा चौकमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

     हिउँदे बालीको रुपमा लगाइने गहुँबालीमा पानी पटाउनका लागि नहरमा बागमती सिंचाइ आयोजनालाई पटकपटक आग्रह गर्दा समेत कुनै सुनवाइ नभएपछि आफुहरु बाध्य भएर कविलासी नगरपालिका वडा न-१० सलेमपुर स्थित चौकमा प्रदर्शन गरि चक्का जाम गरेको मोदन बाबा जल उपभोक्ता समितिका अध्यक्ष राधेश्याम रायले बताएको छ।

    मोदन बाबा र राधाकृष्ण जल उपभोक्ता समितिले संयुक्तरूपमा गरेको विरोध प्रदर्शनमा सो क्षेत्रका १ सय भन्दा बढी पिडित किसानहरुको सहभागीता रहेको थियो ।

No comments:

Post a Comment