Sunday, January 30, 2022

मैनबत्ती जुलुस निकालेर जुनियर जेसिज मलंगवाले मनाए सहिद दिवस

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १६

    प्रजातन्त्र स्थापना  तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि आफ्नो जीवनको आहूती दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस विविध कार्यक्रम गरी आज देशभर मनाइएको छ।यसै क्रममा सर्लाहीको सदरमुकाम मलंगवामा पनि जुनियर जेसिज मलंगवाले सहिदहरुको सम्झनामा मैनबत्ती जुलुस निकालेका छन् ।

   मलंगवा जेसिजका भु.पु अध्यक्ष तथा मानवअधिकारकर्मी मुकेश मिश्रा र  मलंगवा जेसिजका महासचिव राम लखन महतोको अगुवाइमा जु.जे का सदस्यहरुको सहभागीतामा आइतवार  साँझ हातमा बलिरहेको मैनबत्ती लिएर मलंगवा बजारको परिक्रमा गरेका हुन।

   उक्त जुलुस नगरको परिक्रमा गर्दै मलंगवा नपा-१० स्थित सहिद पार्कमा पुगि त्यहीँ रहेका मधेश आन्दोलनका सहिदहरुको प्रतिमामा माल्यार्पण गरि सहिदहरुको योगदानको विषयमा चर्चा गरेको मलंगवा  जुनियर जेसिज २०२२ का अध्यक्ष आयुष सिंहले बताए ।

   जहानिया राणा शासनको बेला राणा शासकले स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा  मृत्युदण्ड दिएका थिए।

No comments:

Post a Comment