Friday, January 28, 2022

सर्लाहीमा ट्रयाक्टर र बस एकआपसमा ठोक्किंदा बसमा सवार २५ जना यात्रु घाइते

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ १४

    पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका वडा न-९ सुखेपोखरी स्थित सडकको छेउमा बिग्रिएर रोकी राखेको ट्याक्टरमा  रात्री बस ठोक्किंदा बसमा सवार ३९ जनामध्ये २४ जना यात्रु घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ।

     आज(शुक्रबार) बिहान सवा चारबजे  भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको रात्रीबसले  सुखेपोखरी स्थित सडक छेउमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको उखु लोड भएको ट्रयाक्टरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

    प्रवक्ता बुढाथोकीका अनुसार पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउनका लागि  सडक छेउमा रोकेर राखिएको थियो।

   घाइतेहरु मध्ये केहीको उपचार हरिवन स्थित अस्पतालमा भइरहेको र केहीलाई रेफर गरि बिरगंज पठाइएको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment