Monday, January 24, 2022

मलंगवामा सम्पन्न उपमेयर कप २०७८ को विजयश्री को ताज मलंगवा स्ट्राइक क्रिकेट क्लबको सिरमा सेकेन्ड रनरअप पनि मलंगवाकै जय माता दी क्रिकेट टिम

 


मनोज यादव--

सर्लाही,माघ १०

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा पुस २८ गतेदेखि जारी  पहिलो संस्करणको उपमेयर कप २०७८ क्रिकेट प्रतियोगिता मलंगवा स्ट्राइक क्रिकेट क्लबले जितेको छ।सोमबार सम्पन्न भएको अन्तिम तथा फाइनल खेलमा मलंगवाकै जय माता दि क्रिकेट क्लबलाई ३२ रनले हराउँदै मलंगवा स्ट्राइक क्रिकेट क्लब विजेता बनेको हो ।

      मलंगवा नगरपालिका  वडा न-२ स्थित कवर्ड हलमा सम्पन्न भएको उक्त प्रतियोगिताका विजेता, उपविजेता,म्यान अफ द म्याच, म्यान अफ द सिरिज र उत्कृष्ट बलर लगायतका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि एवं उपमेयर शान्ती मिकरानीले  कप, मेडल, प्रमाणपत्रको साथै विजेता टिमलाई नगद रु. २५ हजार र उपविजेता टिमलाई नगद रु.१० हजार  पुरस्कार स्वरुप प्रदान गर्नु भएको थियो।प्रतियोगिताको म्यान अफ द म्याच आशिष महतो,म्यान अफ द सिरिज रोशन सिंह र उत्कृष्ट बलरको पुरस्कार विशाल पटेलले हात पारेका थिए।

     गत पुस २८ गते नेपाली काँग्रेसका युवा नेता तथा मलंगवा जेसिज २०२२ का उपाध्यक्ष  समिर मिकरानीले ब्याटिङ गरेर उद्घाटन गर्नुभएको प्रतियोगिताको सोमबार सम्पन्न भएको समापन कार्यक्रममा रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अली लगायत स्थानीय खेलप्रेमी युवाहरुको बाक्लो उपस्थिति रहेको थियो। गर्नुभएको थियो ।


    मलंगवा स्ट्राइकर क्रिकेट क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा  सर्लाही जिल्लाका २० वटै पालिकाहरुबाट २२ वटा टिमले सहभागीता जनाएको आयोजक कमिटीले जनाएको छ।

No comments:

Post a Comment