Monday, January 17, 2022

जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारीबाट पछि हटेपछि शितलहरबाट पिडित भइरहेका एकल महिलाहरुलाई राहत बाँड्न पत्रकार आफै अघिसरे

 



मनोज यादव---

सर्लाही,माघ ३

    यतिबेला तराईमा शितलहर बढेको छ।शितलहरको मारमा सबै भन्दाबढी अतिविपन्न दलित,बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु परेका छन् ।तर यहाँका स्थानीय जनप्रतिनिधिहरु उनीहरूको समस्यालाई नजरअन्दाज गर्दै गैरजिम्मेवार बनेका छन् ।यस्तो अवस्थामा अतिविपन्न, दलित, वृद्धवृद्धा लगायतकाहरुको समस्यालाई बुझेर उनीहरूको समस्या र पिडामा केही थोरै भएपनि मल्हम लगाउन  सर्लाहीको एक पत्रकार अगाडि बढेको छ।

    मलंगवा नगरपालिका वडा न-३ घरभइ विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारीता गर्दै आएका एभिन्युज टेलिभिजनका सम्वाददाता एव रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अलीले मलंगवा नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न तथा गरिब समूदायका ३० जना  एकल(विधवा) महिलाहरुलाई न्यानो  कम्बल र चवन्नप्राश वितरण गर्नु भएको छ ।

  जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन र शरिर पनि स्वास्थ राख्ने हेतुले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा चवन्नप्राश र माक्स वितरण गरेको पत्रकार अलीले बताउनु भएको छ । उहाँले विस्तारै नगरपालिका भरीका  विपन्न तथा दलित समुदायका एकल महिलाहरुलाई यसैगरी कम्बल, चवन्नप्राश तथा माक्स वितरण गर्दैजाने  आफ्नो योजना रहेको जानकारी गराउनुभयो।

      आफ्नो जनताको समस्या र सोको समाधान गर्ने दायित्व  उनीहरुले(जनता)नै भोंट दिइ जिताएर पदमा पठाएको जनप्रतिनिधिहरुको हो तर उनीहरू आफ्नो पदीय जिम्मेवारीलाई भुलेपछि एउटा असल नागरिकको परिचय दिएर जाडोको समयमा  विपन्न , गरिब समुदायका एकल महिलालाई राहत  वितरण गर्नु उदाहरणीय कार्य भएको स्थानीय समाजसेवी कुशेश्वर यादवले बताएका छन् ।

No comments:

Post a Comment