Tuesday, January 18, 2022

बाल कल्याण समाज द्वारा औरहीका विपन्न दलित बालबालिकाहरुलाई स्विटर वितरण

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,माघ ४

    राज होजियारी बिरगंजको सहयोगमा सर्लाही जिल्ला स्थित बाल कल्याण समाज संस्थाले जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-८,औरहीमा चिसोबाट बचावट गर्न भनि २० जना बालबालिकाहरुलाई न्यानो सुइटर वितरण गरेको छ।

    संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा सो वडाका वडाध्यक्ष रामकैलास राउतको प्रमुख आतिथ्य र सम्बन्धित विद्यालयका प्रअ राम कैलास राउतको विशिस्ट आतिथ्यमा मंगलबार  एक कार्यक्रमको आयोजना गरि औरही स्थित श्री प्राथमिक विद्यालयको बाल बिकास कक्षामा  अध्यनरत २० जना अतिविपन्न, दलित बालबालिकालाई स्विटर वितरण गरेको हो।

     सोही विद्यालयमा आयोजना गरिएको  कार्यक्रममा विद्यालयका शिक्षक रासनारायण चौधरी, बाल विकास शिक्षिका शैल कुमारी देवी , अभिभावक लगायत  अभिभावकहरु तथा स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

     स्विटर वितरण कार्यक्रम पश्चात् बालबालिका र अभिभावकहरुमा खुसियालीको माहौल बनेको थियो।स्विटर पाएका बालबालिका तिनका अभिभावक र वडाध्यक्ष राउतले संस्था तथा संस्थाका अध्यक्ष रायलाई यस्ता  कार्यक्रमहरु आगामी दिनहरुमा पनि ल्याउन आग्रह गर्दै धन्यवाद दिएका थिए।

No comments:

Post a Comment