Saturday, January 8, 2022

द-सहाराको २५ औं वार्षिक साधारणसभाको उद्घाटनकोअवसरमा अन्तर्राष्ट्रिय बडी विल्डर सर्लाही टाइगर सुरेन्द्र महतोलाई सम्मान

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २४ 

   द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाइटी लिमिटेडले ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैयाँ  नाफा कमाउन सफल भएको छ।   संस्थाको सनिवार सम्पन्न  २५ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा सो जानकारी दिईएको हो ।

   सभामा संस्थाका अध्यक्ष नागेन्द्र कुमारद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८  सम्म ३ अर्ब ८९ लाख ३८ हजार ३३ रुपैया  निक्षेप संकलन गर्नुको साथै ३ अर्ब ७ करोड ७७ लाख ८४ हजार  लगानी गरेको छ । संस्थाले गरेको कारोबार वापत नेपाल सरकारलाई ८० लाख ५८ हजार ३ सय २८ रुपैया १५ पैसा  राजश्व तिरेर ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैया ७२ पैसा खुद मुनाफा गरेको छ। संस्थाले नितिगत व्यवस्था अनुरुप कोषहरुमा बाँडफाँड गरि  शेयर लाभांस कोषमा २ करोड ३४ लाख ८६ हजार ६ सय ५९ रुपैयाँ ६ पैसा छुट्टाएको छ । 

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेशमा आयोजना भएको  साधारण सभाको प्रदेश न-२ का महिला बालबालिका ,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले गर्नु भएको थियो। 

    सोही अवसरमा संस्थाका अध्यक्ष रायले संस्थाको तर्फबाट अन्तर्राष्ट्रिय बडी विल्डिंग प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर देश र सर्लाही जिल्लाको मान बढाएको भन्दै सर्लाही टाइगर उपनामले परिचित सुरेन्द्र महतोलाई कदरपत्र द्वारा सम्मानित गर्नुभएको छ ।

   उक्त  कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी , मलंगवा नपा प्रमुख निरसल साह, उपप्रमुख शान्ती मिकरानी,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,समाजसेवी संजय गुप्ता सुगन्ध ,द-सहाराका महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरी , संचालक समितिका सदस्य,मलंगवा स्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि लगायको उपस्थिति रहेको थियो ।

   कार्यक्रमको अवसरमा प्रधान कार्यालय मलंगवा अन्तर्गतमा असल श्रृणी ,सेयर सदस्य , असल बचतकर्ता  तथा फिल्ड कार्यकर्ताहरुलाई समेत कदरपत्रको साथ दोसल्ला ओढाएर सम्मानित गरेको कार्यक्रम संचालक एवं संस्थाका कानुनी सल्लाहकार भिखारी मंसुरले जानकारी दिएको छ।

    सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहाराको काठमाडौं, सुनसरी, मोरंग, झापा, उदयपुर, मकवानपुर, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा  सेवा केन्द्रहरु सञ्चालन रहेका छन् ।



No comments:

Post a Comment