Wednesday, January 12, 2022

सर्लाहीको गोडैतामा भारतबाट आएका दुइजनामा कोरोना संक्रमण




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २८

    सर्लाहीको गोडैता नगरपालिकाका दुईजना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ।कोरोना देखिएका दुवैजना भारतबाट नेपाल आएका थिए।

   आज(बुधवार)गोडैता नगरपालिका अन्तर्गत वडा न-१ र वडा न-१२ मा पर्ने नेपाल-भारत सिमानाका स्थित बहादुरपुरमा संचालित हेल्थ डेक्समा जांच गर्दा भारतको दिल्लीबाट आएका गोडैता नापा वडा न-७ को एकजना र  मुजफ्फरपुरबाट आएका गोडैता नपा वडा न-२ पिपरनाथको एकजनामा आर.डि.टि. एन्टिजेन पोजेटिभ  देखिएको स्वास्थ्य शाखा संयोजक प्रमोद पंडितले जानकारी दिएको छ।

  उनीहरुलगायत निजहरुको सम्पर्कमा आएका अन्य ३ जनासमेत लाई  अहिले होम क्वारेन्टाइनमा रखिएको स्वास्थ्य संयोजक  पंडितले जनाएको छ।

   उक्त हेल्थ डेक्स पुस २६ गतेदेखि संचालनमा आएको हो।


No comments:

Post a Comment