Sunday, January 30, 2022

सर्लाहीको बाँके जंगलमा सवारी दुर्घटना ,एक जनाको मृत्यु १३ जना घाइते




लोकतन्त्र समाचारदाता---

सर्लाही,१६ माघ

    सर्लाहीको पुर्व पश्चिम लोकमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँके जंगलमा दुई सवारीसाधन एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

   शनिवार  सिरहा जिल्लाको बरियारपट्टीबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ७५३ नम्बरको रात्रि बसले विपरित दिशातर्फबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षीय भक्त बहादुर खडकाको घाटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक सोही ठाउँका २६ वर्षीय अरुण खडका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा  राखिएको छ ।  गम्भिर घाईते अरुणको गढिमाई अस्पताल लालबन्दीमा उपचार सम्भव नहुँदा  थप उपचारको लागि बिरगंज स्थित नेशनल  मेडिकल कलेज लगिएको छ।

    यसैगरी मोटरसाइकललाई ठक्कर दिएर उक्त बस पनि सडकको बाँया पट्टी पल्टिएको थियो ।बस पल्टिंदा बसमा सवार ४० जना यात्रुहरु मध्ये १२ जना यात्रुहरुसमेत घाईते भएका छन । घाइतेहरु मध्येबाट एकजनालाई उपचारको लागी सिरहा लगिएको , ७ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात डिस्चार्ज गरि घर पठाइएको र ४ जनाको  सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव  प्रसाद बुढाथोकीले जानकारी दिएको छ।  घटना पश्चात् बसका चालक फरार भएको हुँदा निजको खोजी कार्य भैरहेको डिएसपी  बुढाथोकीले बताउनुभयो  ।

No comments:

Post a Comment