Tuesday, January 11, 2022

सर्लाहीका दुईवटा सुरक्षा निकायका प्रमुखलाई कोरोना संक्रमण




लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २७

    सर्लाहीका दुइवटा सुरक्षा निकायका प्रमुखहरु कोरोना संक्रमित भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी  थानेश्वर गौतम र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।


    प्रजिअ गौतमलाई स्वास्थ्यमा केही समस्या देखा परेपछि उहाँले पीसीआर परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा स्वाब दिएका थिए ।एसपी प्रसाईले पनि प्रायःजसो कार्यक्रमहरुमा प्रमुख जिल्ला अधिकारीसँगै रहने भएकाले प्रजिअ  गौतमसँगै परिक्षणका लागि  स्वाब दिएका थिए । सोमबार(हिजो) साँझ दुवै जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल मलंगवाले जानकारी दिएको छ।

   प्रजिअ  गौतम यसअघि पनि पहिलो र दोस्रो लहरमा दुई पटक कोरोना संक्रमित भएर संक्रमणमुक्त भइसकेको जनाइएको छ । 

   अहिले उहाँहरु दुवैजना सामान्य खोकीबाहेक अन्य कुनै लक्षण नरहेकोले  सरकारी निवासमै एकान्तबास अर्थात् आइसोलेसनमा बसेका  छन् ।

    यसैगरी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।


No comments:

Post a Comment